२०८१ चैत्र ६, बुधबार ०७:३५

सिराहाको नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीको सिफारिसमा भारतीय नागरिक मुस्ताक मियाँलाई नेपाली नागरिकता दिलाउन सनाखत बस्ने नक्कली बुवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अमानत मिया रहेका छन् । भारत बिहार मधुवनी देउधाका मुस्ताकले  २०८० असारमा नागरिकता प्राप्त गरेका थिए । सिरहा नरहा वडा नम्बर ३ मा बस्ने अमानत मियाँ र रजिना खातुन दुई जनाले नक्कली आमाबुवा बनेर मुस्ताकलाई वडा अध्यक्ष रुस्तम अन्सारीको रोहवरमा फारम सिफारिस बनाइ नागरिकता दिलाइएको खुलेको थियो ।

यसैगरी वडाध्यक्ष अन्सारीको पनि प्रहरीले खोजी गरिरहेको छ ।

भारतीय नागरिक मियाँले वडा अध्यक्ष अन्सारीलाई एक लाख भारु दिएर नागरिकताका लागि सिफारिस गराएको आरोप छ । यो विषय केही अघि जसपा नेपालका उपाध्यक्ष राज किशोर यादवले समेत संसदमा  उठाएका थिए ।

पछि जसपा नेपालका नेता विजय यादवको नेतृत्वमा सिराहाका सिडिओ बासुदेव दाहाललाई ज्ञापनपत्र बुझाएर वडाध्यक्षसहितलाई कारबाहीको माग भएको थियो ।

Comment


Related News

Latest News

Trending News