२०८१ चैत्र ६, बुधबार १६:४४

उच्च अदालत पाटनले त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बिहीबार बोलाइएको छ।

त्यतिञ्जेलका लागि चैत ३ गते प्रकाशन गरेको सूचना कार्यान्वयन नगरी यथास्थितिमा राख्न अदालते आदेश दिएको हो।

‘आज एक पक्षमात्रै उपस्थित भएको हुँदा भोलि दुवै पक्षलाई बोलाएको छ। त्यसमा छलफल गरी अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे आदेश हुनेछ,’ हितानले भनिन्।

त्रिविमा शुक्रबार स्ववियुको निर्वाचन हुने तालिका थियो।

यस विषयमा आदेश किन जारी हुनु नपर्ने हो भन्ने विषयमा आधार कारण र प्रमाण भएमा १५ दिनभित्र लिखित जबाफ पेस गर्न पनि इजलासले भनेको छ।

नेविसंघ त्रिवि समितिका अध्यक्ष विष्णुबहादुर बडैलाले त्रिविलाई विपक्षी बनाएर उच्च अदालतमा निवेदन दिएका थिए।

Comment

Related News

Latest News

Trending News