२०८१ चैत्र ६, बुधबार २०:०७

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार अब धेरै अगाडि नजाने दाबी गरेका छन्।

बिहीबारदेखि पुनः सुरू हुन लागेको हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियानका लागि बुधबार बारा पुगेका प्रचण्डले सिमरामा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकार धेरै अगाडि नजाने दाबी गरेका हुन्।

‘त्यो टिक्ने र चल्ने वाला छैन। यसको जन्म नै अप्राकृतिक तरिकाले भएकाले यो धेरै अगाडि जाने कुरा छैन। यसले राष्ट्र र जनताको पक्षमा कुनै राम्रो काम गर्न सक्ने स्थिति पनि छैन,’ उनले भने।

अध्यक्ष प्रचण्डले अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउन बनेको सरकार भएकाले यसले सुशासनको पक्षमा काम गर्न सम्भव नहुने दाबी गरे।

पछिल्लो उदाहरणका रूपमा कुलमान घिसिङलाई हेरे पुग्ने उनले बताए।

‘एउटै कुलमान घिसिङको उदाहरण काफी छ। जसले अँध्यारो नेपाललाई उज्यालो नेपाल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेल्यो। त्यसलाई सताउने, ह्युमिलेट गर्ने, चिथोर्ने, कोपर्ने जे पनि गर्ने कोसिस भइराख्यो,’ उनले भने।

तर पार्टी र नेपाली जनताले सत्य र न्यायको पक्षमा दरोसँग आवाज उठाएको अब त्यो स्थिति नरहेको उनको दाबी थियो।

‘जति चिथोरे पनि कोपरे पनि कुलमानलाई हटाउन सक्ने स्थिति अब छैन। त्यहाँको जनताको जित भयो हामी सबैको जित भयो,’ उनले भने।

Comment


Related News

Latest News

Trending News