२०८१ चैत्र ७, बिहीबार १२:०६

सिराहाको औरही गाउँपालिका–५ स्थित विष्णु महायज्ञ गर्न दलित (डोम) परिवारमाथि उठिबास लगाएको विषय प्रतिनिधिसभामा उठेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रतिनिधिसभामा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादवसहितले डोम परिवारको घर भत्काइदिएको बताउँदै उनीहरूलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिन माग गरे ।

महायज्ञ गर्न आएका बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष यादवले जेसीबी लगाएर दीपक मरिक (डोम)को घर भत्काएको आरोप छ।

बुधबार पीडित दिपककी श्रीमती अनिता मरिकले आफूहरू बस्दै आएको घर भत्काएर अन्यत्र सर्न लगाइएको बताएकी थिइन् । मरिक परिवार वर्षौँदेखि बस्दै आएको सो स्थानमा भने महायज्ञको तयारी गरिएको छ ।

सांसद परियारले महायज्ञका नाममा डोम परिवारलाई दुःख दिनेलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरे ।

Comment

Related News

Latest News

Trending News