२०८१ चैत्र ७, बिहीबार १५:३८

हंसपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर धर्नामा बसेका छन् ।

माओवादीका नेता कार्यकर्ताहरुले गत तीन दिनदेखि तालाबन्दी गर्दै धर्नामा बसेका हुन् । उनीहरुले वडा नम्बर–६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा घर निर्माण गरी कब्जा गरिएको भन्दै उक्त संरचना हटाउन माग गरेका छन् ।

माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने विषयमा कार्यपालिकाले गरेको निर्णय तत्काल लागू गर्नुपर्ने अडान राख्दै नगरप्रमुख प्रदिप यादवलाई ज्ञापन पत्र बुझाएका छन् । तर, नगरप्रमुख यादवले निर्णय तत्काल लागू गर्न अस्वीकार गरेपछि उनीहरुले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।

धर्नामा बसेका माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने सम्झौता भए मात्र तालाबन्दी खोल्ने बताएका छन् । माओवादी नगर कमिटीले ३० बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो ।

Comment


Related News

Latest News

Trending News