२०८१ चैत्र ७, बिहीबार १६:५०

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन नै स्थगित भएको छ। निर्वाचन समितिले आज बिहीबार एक सूचना जारी गर्दै स्ववियुको निर्वाचन कार्यक्रम स्थगित भएको बताएको हो।

नेपाल विद्यार्थी संघ (नेविसंघ)को नाममा दुईवटा प्यानलले उम्मेदवारी दर्ता गरेपछि यहाँ विवाद छ।

नेविसंघको असन्तुष्ट पक्षले उच्च अदालतमा रिट निवेदन दायर गरेको थियो। बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले छलफलका लागि बोलाउँदै निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेको थियो। त्यस्तै आज बिहीबारका लागि दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र अर्का नेता विष्णुबहादुर बडैलाले छुट्टाछुट्टै प्यानल खडा गरेपछि विवाद सुरु भएको थियो।

शेर्पाले दीपक जोशीलाई अध्यक्षको उम्मेदवार बनाएर प्यानल बनाएका छन् भने बडैलाले अनुज कार्की नेतृत्वमा प्यानल खडा गरेका छन्।

बडैलाले निर्वाचन समितिसमेतलाई विपक्षी बनाएर उच्च अदालतमा रिट दायर गरेका थिए।

‘…अदालतमा उपस्थित हुँदा अन्य विपक्षीको नाममा म्याद तामेल नभएकाले २०८१/१२/०७ मा अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरूको नाममा म्याद तामेल नभएकोले मिति २०८१/१२/१० को दिनलाई तोकिएकोले सो अन्तरिम आदेशको छलफल टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ’ निर्वाचन अधिकृत प्राडा कृष्णप्रसाद नयाौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

 

Comment

Related News

Latest News

Trending News