२०८१ चैत्र ८, शुक्रबार ०७:२५

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह एसईई परीक्षा वहिष्कार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेंटन सुटुक्क गोरखपुर पुगेका छन् ।

एकजना दलाललाई बोकेर मुख्यमन्त्री सिंहले गोरखपुरमा मुख्यमन्त्री योगीलाई भेंटेका छन् ।औपचारिक निम्तो नपाएर गोरखपुरमा योगीलाई भेंटन पुगेका मुख्यमन्त्री सिंहले नेपाल सरकारबाट स्वीकृती समेत लिएका छैनन् । लामो समयदेखि मुख्यमन्त्री सिंहले उत्तरप्रदेशका समकक्षी योगीसित भेंटन मरिहत्ते गरेका थिए ।

यस अघि सिंह बिना निम्तो अयोध्या पुगेका थिए ।तर त्यहाँ उनलाई उत्तर प्रदेश सरकारले भाउ दिएन् ।अपमानित भएर फर्केदेखि सिंहले गोरखपुर पुगेर योगीलाई भेंटेका हुन् ।

पूर्व राजाका समर्थकहरुले हालै काठमाण्डुमा गरेको एउटा प्रदर्शनमा उत्तर प्रदेशका मुख्यमन्त्री योगीको फोटो प्रदर्शन गरेपछि अहिले देशको राजनीति नै तरंगीत बनेको छ । राष्ट्रिय राजनीति तरंगीत भै रहेको बेला मधेश प्रदेशका मुख्यमन्त्री सिंह नेपाल सरकार र मधेश प्रदेशको मन्त्रीहरुलाई समेत जानकारी नदिई सुटुक्क गोरखपुर गएकालाई रहस्यमय मानिएकोछ ।

मुख्यमन्त्ती सिंहले मधेश र उत्तर प्रदेशको पर्यटन प्रबद्र्धनको विषयमा छलफल भएको बताएपनि उनीसँग योजना बेच्ने एकजना दलाल बाहेक प्रदेश सरकारका अधिकारीहरु भने छैनन् ।

Comment


Related News

Latest News

Trending News