२०८१ चैत्र ८, शुक्रबार ११:०९

गृहमन्त्री रमेश लेखकले प्रहरीलाई सिराहा घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन्।

बिहीबार साँझ उनले प्रहरी महानिरीक्षक दीपक थापालाई महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे छानबिन गर्न निर्देशन दिएको मन्त्रीको सचिवालयले जनाएको छ।

सिराहा औरही गाउँपालिका वडा नम्बर ५ का दीपक मल्लिकको घर भत्काएको र अन्यत्र सारेको आरोप गाउँपालिकालाई लागेको छ।

गाउँमा चैत १७ गतेदेखि महायज्ञ हुन लागेको छ। उनीहरूको घर भत्काइएकै ठाउँमा महायज्ञ गर्न लागेपछि यसबारे सर्वत्र विरोध भइरहेको हो।

घटनाबारे बुझ्न जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी रमेश पण्डित पनि बिहीबार पालिका पुगेका थिए।

Comment

Related News

Latest News

Trending News