२०८१ चैत्र ८, शुक्रबार ११:४८

नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहायतामा निर्माण भएको विद्यालय भवनको उद्घाट भएको छ ।

मकवानपुर जिल्लामा अवस्थित तीन करोड नेपाली रुपयाको लगतमा निर्मित श्री जन कल्याण माध्यमिक विद्यालयको भवनलाई जिला समन्वय समितिका प्रमुख ललित बहादुर घलान र भारतीय दुतावास काठमान्डौका प्रथम सचिव श्रीबशिष्ठ नंदनले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता, स्कूल शिक्षक, विद्यालयका छात्र छात्रा र अभिभावकहरुको उल्लेखय सहभागीता रहेको थियो ।

‘नेपाल–भारत विकास सहयोग’ अन्ंतर्गत भारत सरकारकोे अनुदानको उपयोग स्कूल भवन र अन्य संबंन्धित सुविधाहरुको निर्माणको लागी गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।

भारत सरकारको प्रथम छिमेकि निति अन्तर्ग नेपाललाई ठूला तथा साना विभिन्न परियोजनहरुमा व्यापक एवं बहुक्षेत्रीय सहयोग भारतले गर्द आएको छ । उच्च प्रभावित सामुदायिक विकास परियोजनाको कार्यान्वयन नेपाल र नेपालीको उत्थान हुने स्थानिय प्राथमिकतामा रहेका भौतिक विकास निर्माणका कार्यलाई नेपाल सरकारसंगको साझेदारीमा भारत सरकार निरंतर सहयोग गर्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News