२०८१ चैत्र ८, शुक्रबार १३:०९

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सम्म आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको प्रष्टीकरण दिएका छन्।

वीरगञ्जमा सञ्चारकर्मीहरूसँग २०८४ सम्म आफू जनताकै साथमा रहने भन्दै प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताए।

उनले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारी जोगाउने, बेथिति बढाउने, अराजकता बढाउने काममा केन्द्रित रहेको आरोप लगाए।

उनले भने, ‘यो सरकार राम्रो काम गर्न बनेको होइन। उहाँहरूको काम भनेको भ्रष्टाचारीलाई बचाउने मात्रै छ। राम्रो काम गर्नेहरूलाई सताउने, अपमानित गर्ने, नराम्रो काम गर्नेलाई पुरस्कृत गर्ने नै केपीजीको सरकारको काम हो। त्यो कुरा कुलमानको कुराबाट सजिलै बुझ्न सक्नुहुन्छ।ु

उनले एमाले सांसद तथा लेखा समितिको सभापति समेत रहेका ऋषिकेश पोखरेलमाथि ठूला ठूला आरोप लागेको भए पनि चोख्याउने काम भएको दाबी गरे।

Comment


Related News

Latest News

Trending News