२०८१ चैत्र ८, शुक्रबार १९:३३

आज रातिदेखि आइतबार साँझसम्म मौसम केही खराब हुने सम्भावना देखिएको छ । आज रातिबाट देशैभरका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशैभरका पहाडी क्षेत्रका थोरै ठाउँहरूमा भने मेघ गर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना छ । तराईको हकमा कोशी र मधेस प्रदेशमा मात्रै यस्तो सम्भावना छ ।

चैत ९ गते पनि देशैभरका हिमाली क्षेत्रका थोरै ठाउँहरूमा हिउँ पर्ने सम्भावना छ । देशैभरका पहाड र तराईका कतिपय ठाउँहरूमा हल्का पानी पर्ने समेत विभागले जनाएको छ ।

चैत १० गते भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिउँ पर्ने सम्भावना छ ।

यी तीनै प्रदेशका पहाडी र तराई क्षेत्र सहित मधेस प्रदेशका थोरै ठाउँहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने देखिन्छ ।

Comment


Related News

Latest News

Trending News