२०८१ चैत्र ९, शनिबार ०७:२०

सिरहाकी रिंकु सदामाथि भएको सामुहिक बलात्कार तथा रहस्यमय आत्महत्या वा हत्याको घटना सेलाउँन नपाउँदै सिरहाकै औरही गाउँपालिका वडा नम्बर– ५ स्थित औरही गाउँमा अर्को घटना घटित भएको छ ।

पछिल्ला तीन दशकदेखि सरकारी जग्गामा बस्दै आएका सुकुम्बासी दीपक मरिक डुमको घर डोजर लगाएर धूलिसात पारिएको छ । श्रीमती, पाँच छोरा–छोरी र यसै वर्ष भित्र् याएकी बुहारीसंग बस्दै आएको दीपकको त्यो दुई कोठे पक्की घर नेपाल सरकारले प्रधानमन्त्री आवास योजना अन्तर्गत बनाइ दिएको थियो ।

माथिल्लो सरकारले बनाइ दिएको पक्की घर गाउँको सिंह दरवार भनिएको तल्लो सरकारले डोजर लगाएर भत्काइ दिएको छ । गाउँमा महायज्ञको तयारी हुँदै छ । चैत १७ गते भव्य धार्मिक आयोजन हँुदैछ । होम–जाप हुन्छ । साधु– सन्तको समागम हुन्छ । लाखौँ श्रद्धालु आउने छन् । यस्तो पवित्र स्थानमा सुंगुर खाने दलितको घर सह्य भएन महायज्ञ आयोजकहरुलाई । महायज्ञका सूत्रधार बजरंगीबाबालाई मन परेको थिएन, माछा–मासु खाने दलितको घर । बजरंगी बाबा दीपकलाई घर अन्त सार्न दबाब दिँदै आएका थिए ।

गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलिप यादव महायज्ञ सफलताको लागि जे पनि गर्न तयार थिए । अन्ततः बजरंगी बाबाकै चाहनाअनुसार आफ्नै अफिसको फोहर सुहार्ने दीपक मरिकको घर डोजर लगाएर धूलिसात पार्न लगाउनु भयो । मसंगको टेलिफोन वार्तामा दीपकले भनेका थिए– ‘केही महिना पहिले मेरो छोराको विहे थियो ।

विहेमा पाहुनाहरु आएका थिए । हामी, डुम जातिमा माछा मासु र रक्सी त चलिहाल्छ । बजरंगी बाबा त्यतिबेला पनि मलाई घर सार्न दबाब दिएका थिए ।’ मैले दीपकसंग सोधेको थिए– बजरंगीबाबाको घर कहाँ हो ? दीपक मजाकिया टोनमा जवाफ फर्काएका थिए– ‘सर उनिभन्नु हुन्छ, जतै धर, ओतै घर । अर्थात् जहाँ मेरो शरीर छ, त्यही मेरो घर हो । अरु भएको भए बजरंगी बाबालाई मुखभरि जवाफ फर्काउँथे– ‘बाबा म हजूरको महायज्ञ स्थलमा घर बनाउन आएको छु, कि हजूर मेरो घर नजिक महायज्ञ गर्न आउँनु भएको हो ? तर दीपक केही बोल्न सकेन ।

दलित न हो । दीपक र उनकी श्रीमती अनिता मरिक गाउँकै सिंहदरबार अर्थात् औरही गाउँपालिकाको ज्यालादारी सफाइ कर्मचारी हुन् । जतिबेला उनीहरुको घर भत्काउन पालिकाका कर्मचारीहरु आएका थिए, त्यतिबेला उनी पालिकाकै काममा अर्थात् ड्युटीमै थिए । उनलाई जानकारी पनि दिइएन । पालिका प्रमुख शिवजी यादवले दीपक मरिककै सहमतिमा उनलाई पुनर्वास गरिएको दाबी गरेका छन् ।

यदि पालिका प्रमुखको दाबी ठिक हो भने घर भत्काउने बेला दीपकलाई उनले भन्थे होला– ‘दीपक तिम्रो घर भत्काउन कर्मचारीहरु जाँदै छन् । घरका सामानहरु बटुल्न जाउ ।’ तर त्यस्तो भएन । मसंगको फोन वार्तामा दीपकले भनेका–‘म ड्युटीमै थिए । मेरो घर भत्काउन कर्मचारीहरु गएका छन् भने मलाई थाहा थिएन । मेरो छोराले फोन गरेर घरमाथिको टिनको छाना उप्काइ रहेको जानकारी दिए । अनि म हस्याङ– फस्याङ गर्दै घर आएको थिए ।

अर्को दिन डोजर लगाएर सिंगो घर नै भत्काइ हाले ।’ माथिल्लो सरकारले बनाइ दिएको घर तल्लो सरकारले डोजर लगाएर भत्काए पनि दीपक भने चुप छन् । डर– त्रास–भयले हो कि पालिकाले श्रीमान–श्रीमतिको जागिर चट्ट गरी देला भन्ने चिन्ताले ? उनलाई नै थाहा होला । उनीबस यतिचाहेका छन्–‘गाउँपालिकाले लालपूर्जाबाला जग्गा उपलब्ध गराइ दियोस् । पहिलेको जस्तै घर बनाइ दियोस् ।

खानेपानी र बिजुली जडान गरिदियोस् ।’ हाल दीपकलाई सुन्दर माध्यमिक विद्यालय औरहीको मातहातमा रहेको हुलाकी सडकको कल्भर्टको पानी बग्ने जग्गामध्ये दुई धूर जग्गा उपलब्ध गराइएको छ । दीपकले भने अनुसार, पालिकाले सिमेन्टको पाँच–छ, थानपिलर उपलब्भ गराएको छ । बाँस, काठ आदिउनले स्वयं खरिद गरेका छन् ।

बिजुली र खाने पानीको सुविधा समेत नरहेको त्यो जग्गा विद्यालयको भएकोले कतिबेला पुनःविस्थापित हुनुपर्ने हो ? मरिक परिवारमा अर्को त्रास विद्यमान भएको छ । दीपक मरिकलाई विस्थापित बनाइएको समाचार पत्र–पत्रिकामा आएपछि मुलुकभरि हल्ला भयो । संघीय र प्रदेश संसदमा कुरा उठ् यो । राष्ट्रिय मानवअधिकार आयोग तथा सिरहास्थित प्रहरी प्रशासनको ध्यानाकृष्ट भयो । पटक पटक दलितमाथि ज्यादती हुँदा पनि आवश्यक कार्यवाही नगरेको भन्दै सिरहाका प्रमुख जिल्ला अधिकारीलाई काठमाण्डु तानिएको छ ।

यस प्रकारमुलुक ब्युँझिन थालेको बेला सत्ताका चतुर खेलाडीहरुले अर्को हल्ला फैलायो– ‘दीपक मरिक स्वेच्छाले नै त्यो जग्गाखाली गरेका छन् । राजीखुसी अर्को स्थानमा सर्ने समझौतामा औँठा छाप लगाएका छन् । औरही गाउँपालिकाका पदाधिकारीहरुले दीपक मरिकको औँठा छापसहितको त्यो कागज सार्वजनिक पनि ग¥यो । अनि त्यहीँ कागजसंग धर्मका केही स्वघोषित ठेकेदारहरुले फेसबुकमा पोस्टाउन थाले– बिक्री भएका पत्रकारहरुको समाचार । हिन्दु विरोधी पत्रकार ।

दलाल पत्रकार आदि आदि । तर अर्को दिन अर्को खुलासा भयो– त्यो कागज पनि एक किसिमको झेल नै हो । पालिकाका पदाधिकारीहरुले बिहीबार विहान दीपकको घरमा पुगेर जबर्जस्ती त्यो कागज बनाउन लगाएका रै छन् । त्यो पनि एक महिना अघिको मिति राखेर । तर भनिन्छ नि– चोर के दाढी मे तिन्का । भयो त्यही । दीपककले राजीखुसी गरी दिएको भनिएको त्यो मञ्जुरनामाको दर्ता नम्बरमा केरमेट गरिएको छ । मञ्जुरनामामा सुरुमा १६३६ दर्ता नम्बर लेखियो ।

अनि पुरानो मितिसंग कि लाउन केरमेट गरेर १५३६ बनाइयो । संघीय सरकारले निर्माण गरी दिएको दुई कोठे पक्की मकान पालिकालाई खुसी राजी साथ दान दिने दाताले बनाइ दिएको मञ्जुरनामामा पालिकाको छापसम्म छैन । यज्ञ, महायज्ञ, सत्संग, धार्मिक–समाजिक उत्सव, महोत्सवहरु समाज जोड्ने उपक्रमहरु हुन् । अझ यज्ञ–हवन आदि वैदिक उपक्रम हो । जसको निहितार्थ हुन्छ– मानव शान्ति, वनस्पति शान्ति, जल शान्ति, नक्षत्र शान्ति आदि आदि ।

तर पछिल्लो समय आयोजन हुने गरेका यज्ञ महायज्ञहरुमा हजारौँ लाखौँको सहभागिता हुने भए पनि सफा खानेपानी, शौचालय र स्वास्थ्य सेवाको उचित व्यवस्था गरिदैन । अचेल जनकपुरधामकै शिवपुरस्थित ५२ विघामा महायज्ञ आयोजन हुँदै छ । शौचालयको आभावमा अचेल शिवपुर गाउँ खुला शौचालय बनेको छ । दुर्गन्धित बनेको छ । वरिपरि गाउँका पिपलका रुखहरु काटेर यज्ञ स्थलमा थुपारिएको छ ।

धार्मिक आस्थाका कारण हामीले खाना समेत नबनाउने यिनै पिपलको दाउराबाट यज्ञ स्थलमा खाना पकाइन्छ । साधुहरु धुनी ताप्छन् । ध्वनी प्रदुषणको अवस्था उदेक लाग्दो छ । आयोजकहरुले यी र यस्ता विषयहरु मथि पनि ध्यान पु¥याउन भने मेरो आग्रह ।

Comment


Related News

Latest News

Trending News

Close
सोमंबुबिशु