

२०८१ चैत्र ९, शनिबार ०७:५२
जनकपुरबाट करिब ५ क्वीन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।
लागु औषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत करिब ४ क्वीन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।
शुक्रबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक सँजीप कुमार यादवको कमाण्डमा गएको टोली, लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, प्रहरी चौकी लक्ष्मिनियाको टोलीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।
ढल्केबरतर्फबाट जनकपुरतर्फ आउदै गरेको मधेश प्रदेश–०३–००२ ख २५२० नम्बरको निलो रंगको आयसर मिनि ट्रकलाई धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं. ७ लक्ष्मिनिया चौक स्थित ढल्केबर–जनकपुर सडकखण्डमा रोकी चेकजाँच गर्ने क्रममा भेटिएको हो ।
मिनिट्रकको माथिल्लो भागमा डोरी बाधी सोहि डोरी माथी रातो प्लास्टिक भित्र खैरो डोरीले बाधी लुकाई छिपाई राखी ल्याउदै गरेको अबैध लागुऔषध गाजाँ ३४ पोका बरामद गरिएको जनाइएको छ।
गाँजा, मिनि ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ बस्ने बुद्धि बहादुर सिन्तानको छोरा अं बर्ष २५ को संजिव सिन्तान सहित मिनिट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको जनाईएको छ ।
Latest News
Trending News
© 2025: Janakpur Today All Rights Reserved | Privacy Policy
Powered By: Pro-Tech
