२०८१ चैत्र १०, आईतवार ०६:५६

नेपाली काँग्रेसका पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सीमा भित्र बस्न चेतावनी दिएका छन् ।

जनकपुरधाममा शनिबार एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका नेता निधिले नेपालमा राजतन्त्र फर्किन नसक्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई आफ् नो सीमाभित्र नै रहन चेतावनी दिए । उनले अरू देशमा राजतन्त्रको अन्त्य हुँदा कस्तो दूर्गति भएको थियो भन्ने कुरा पूर्व राजाले हेक्का राक्नु पर्ने बताए ।

नेता निधिले गणतन्त्रको जग बलियो रहेकोले नेपालमा राजतन्त्र र राणा शासन फर्किन सम्भव नभएको बताए । नेता निधिले भने, ‘जनताबाट नै राजा अपदस्थ मात्र होइन, अस्वीकृत भइसकेका छन् ।’ उनले नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवकै जिल्लाबाट गणतन्त्र आएको चर्चा गर्दै यसको स्थायित्व पनि त्यतिकै बलियो रहेको दाबी गरे ।

नेता निधिले भने, ‘ अ रू देशमा राजतन्त्र अन्त्य हुँदा राजाहरूको कस्तो दूर्गति भएको छ । त्यसैले आफ्नो सीमालाई राजाले बुझ्नुपर्छ । नेपालमा राजतन्त्र समाप्त भइसकेको छ । नेपालमा जनताद्वारा निर्वाचित सार्वभौम संसदद्वारा राजतन्त्र अस्वीकृत भइसकेको छ । गणतन्त्र आइसकेपछि हाम्रै जिल्लाका डा. रामवरण यादव प्रथम राष्ट्रपति हो गणतन्त्रको । जनताले साथ दिएर मात्रै यो नेपाल बनेको हो । राजाले केही गर्न सक्दैन ।’ नेता निधिले तत्कालीन राजाहरूमा पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्ने पनि बताए ।

उनले नेपालमा राजतन्त्रबारे जेजति प्रचारवाजी गरे पनि त्यो सम्भव नभएको दोहो¥याए । नेता निधिले देशको मालिक जनता भएकाले व्यक्ति देशको मालिक बन्न नसक्ने स्पष्ट पारे ।

Comment


Related News

Latest News

Trending News