२०८१ चैत्र १०, आईतवार ०७:०१

आफ्नो ४९ औं साधारणसभामा व्यस्त वीरगञ्ज उद्योग वाणिज्य संघ अहिले नयाँ नेतृत्व चयनको प्रक्रियामा छ । गत २८ फागुनमा संघीय सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले साधारणसभा उद्घाटन गरेयता संघमा कार्यकारणी सदस्य तथा पदाधिकारीको लागि आन्तरिक जोड घटाउ चलिरहेको छ ।

अध्यक्ष अनिल कुमार अग्रवालको तीन वर्षे कार्यकाल सकिएपछि उनको कार्य समितिमा बरिष्ठ उपाध्यक्ष रहेका हरि गौतम सहमतिका आधारमा नयाँ अध्यक्ष हुने भएका छन् ।

आइतबार संघको पदाधीकारी चयन हुन लागेको निर्वाचन समितिले जनाएको छ । देशको मुख्य व्यापारिक नाका तथा प्रमुख औद्योगिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने वीरगञ्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा सहरलाई चाँसो छैन । यहाँ रहेको ठाकुरराम बहुमुखी क्याम्पस वा नरर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन जतिको पनि चर्चा पाउन सकेको छैन । बरु सहरमा रहेका जेसीस, रोटरी, नेपाल पत्रकार महासंघ, रेडक्रस, बार एशोसिएशनको अधिवेशन बारे मानिसहरुले चाँसो जनाउने र सरोकार व्यक्त गर्ने गरेको भेटिन्छ ।

तर, उद्योग वाणिज्य संघको विषयमा सहरको लागि सरोकारको विषय रहेन । संघमा यस अघि कार्यसमितिमा बसिसकेका एक व्यवसायीले भने, “वीरगंज उद्योग बाणिज्य संघमा निश्चित घरानाको मात्र हालिमुहाली भएपछि सरहका आम उद्यमी व्यवसायिको यसमा कुनै अपनत्व रहेन ।

यहाँका उद्योगी व्यवसायीहरुले बरु वीरगञ्ज उद्योग बाणिज्य संघनै विघटन गरे पनि हुन्थ्यो भन्छन्,” उनले भने, “सहरसंग, यहाँको समाजसंग र समाजका अंगहरुसंग यो संस्थालाई मतलब छैन, यहाँका करिब ९० प्रतिशत उद्योगी ब्यबसायिहरु संघको साधरण सदस्य समेत बन्न नपाइने, संघमा आवद्ध हुन नपाइने भएपछि यस्तो हुनु स्वभाविक हो ।

संघको प्रकाशनहरुमा वीरगञ्ज क्षेत्रमा करिब साढे २ हजार उद्योग तथा कलकारखाना रहेको उल्लेख पाइन्छ । यस बाहेक वाणिज्य कार्यालय अन्तरगत दर्ता भएका हजारौं फर्महरु व्यपारिक प्रतिष्ठान तथा पसलका रुपमा संचालित छन् । कम्तिमा पाँच हजारसधारण सदस्य हुनुपर्ने संस्थामा अहिले मात्र ६१२ जना सधारण सदस्य छन् ।

करिब ८८ प्रतिशत उद्योगी व्यवसायि संघमा अँटाएका छैनन् । कारण निश्चित घारानाका अगुवा र तिनका छोराहरुलाई कार्यसमितिमा र पदाधिकारीमा पुस्तैनी रुपमा राखि राख्न आम उद्योगी व्यवसायिलाई सदस्यता नै नदिने गरेको एक जना घरेलु उद्योगका संचालकले बताए । “संघको सदस्यताको आबेदन दर्ता गरेर शुल्क लिने तर सदस्यता भने प्रदान नगर्ने वा ती घरानाका सिस्टर कन्सर्नहरुलाई मात्र सदस्यता प्रदान गरिने गरिन्छ, कयौंको त शुल्क समेत फिर्ता गरिदैन,” उनले भने, “सदस्यहरुलाई संघको अधिबेशनमा भोटिङ राइट हुने हुँदा सदस्यतामैं छेकवार गरिएको हो ।”

साधरण सदस्यले मतदाता हुने र उसले पनि संघको निर्वाचनमार्फत कार्यसमिति सदस्य बन्न सक्ने भएपछि यस्तो गरिएको देखिन्छ । ३५ जना कार्यसमिति सदस्य भित्रैबाट अध्यक्ष उपाध्यक्ष लगायतका पदाधिकारीहरुमा निर्बाचित हुने हुँदा निश्चित केही ब्यपारिक घरानाभन्दा बाहिरका व्यक्ति नपुगोस भनेर स्थापित व्यवसायी र उद्यमीहरुलाई समेत सदस्यता प्रदान गरिदैन । वीरगञ्ज उद्योग बाणिज्य संघको कार्यकारिणी समितीमा पुर्ब अध्यक्ष एवं पदाधिकारीहरुका छोराहरुलाई स्थापित गराउन केन्द्रित हुन्छ, संघका सधारणसभा ।

अहिलेको कार्यकारिणी समितिमा पुर्ब अध्यक्षहरु पूर्वअध्यक्ष बाबुलाल चाचान, सत्यनरायन रुङटा, अशोक बैध, गणेश लाठ, अशोक टेमानी, सुबोध गुप्ता र निबर्तमान अध्यक्ष अनिल अग्रवालका नाती, छोरा र भसतजाहरुलाई भर्ना गरिएको छ । पछिल्लो समयमा बिदेशबाट नेपालमा आयात गरी ल्याइएका समानलाई यहाँको उत्पतिको प्रमाणपत्र दिने र त्यस माध्यमले सार्क मुलुकहरुमा बस्तु निर्यात गरेर सरकारबाट इन्सेन्टीभ असुल गर्ने खेलमा वीरगन्ज उद्योग वाणिज्य संघ अग्रणी छ ।

यहाँबाट छाला उत्पतिको प्रमाणपत्र लिएर निकासी हुने गाडिबाट तस्करीको मरिच भेंटिएको घट्ना लगायत अनेक उद्हारण भेंटिन्छन्। अबैधलाई बैध गराउने र तस्करी तथा हुण्डि जस्ता गैरकानूनी गतिविधिलाई संस्थागत संरक्षणमा भुमिका समिति भएको संघ पछिल्लो समयमा समाजसंग कट्दै गएको छ ।

अघोषित सिण्डिकेटभन्दा बाहिरको व्यक्ति भित्रिएमा संघको आवरणमा संचालित केही सिमित उद्योगी व्यवसायिको कमाई खाने धन्दामा समस्या उत्पन्न हुने हुदा सदस्यतामा छेकवार उनीहरुको बाध्यता रहेको जानकारहरु बताउछन् । पर्सा जिल्लामा सरुवा भएर आउने उच्च पदस्थ सरकारी कर्मचारीहरुको स्वागत र बिदाइ जस्ता चाप्लुसीमुखी गतिविधिमा संघ केन्द्रित देखिन्छ ।

Comment


Related News

Latest News

Trending News