२०८१ चैत्र १०, आईतवार ०७:१५

धनुषाको हँसपुर नगरपालिकामा नकेपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरु पाँचदिनदेखि धर्नामा बसेका छन् । जिल्लाको हँसपुर नगरपालिका वडा नम्बर ६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा नै घर बनाएर विद्यालय कब्जा गरेको भन्दै सो जग्गा तत्काल खाली गराउन माग गर्दै हँसपुर नगरपालिकाको गेट अगाडि नै धर्नामा बसेका छन् ।

हँसपुरका मेयर प्रदीप यादवले हँसपुर नगरपालिकाको कार्यापालिकाबाट गरेको विद्यालय परिसर खाली गराउने निर्णय लागू नगरेसम्म अनिश्चितकालीन धर्ना पाँचौ दिन पनि माओवादीका नेता तथा कार्यकर्ताहरुले निरन्तरता दिएका छन् । बुधबार मेयर यादवलाई ज्ञापन पत्र बुझाउन गएका नेता कार्यकर्ताहरुले विद्यालय परिसर मात्र खाली गराउने तत्काल सम्झौता गरिए तालाबन्दी खोल्न गए पनि मेयर यादवले विद्यालय परिसर खाली गराउने निर्णय तत्काल लागू नगर्ने भनेपछि आफूहरुले धर्नामा बसेको नेता सुनिल यादवले जानकारी दिए ।

विभिन्न ३० बुँदे माग राख्दै नेकपा माओवादी केन्द्र हँसपुर नगर कमिटीले मेयरलाई ज्ञापन पत्र बुझाएको थियो । उनीहरुसँग मेयर यादवले वार्ता गरे पनि विद्यालयको परिसर तत्काल खाली गराउने पक्षमा नदेखिएको उनीहरुको भनाइ छ । विद्यालय परिसर नै कब्जा गरी घर बनाएर केही स्थानीयवासीहरु बस्न थालेपछि विद्यालयको पठनपाठन पनि प्रभावित भएको छ । तर यसतर्फ भने सरोकारवालले ध्यान नदिनु दुःखद रहेको हँसपुर नगरपालिकाको कार्यपालिका सदस्य राजेश पासवानले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News