२०८१ चैत्र १०, आईतवार १३:३५

महोत्तरीमा एक जना पुरूषको हत्या भएको छ।

गौशाला नगरपालिका-८मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर पर शव फेला परेको हो।



शव शुक्रबार साँझ साढे ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए।

उनका अनुसार मृतक धनुषा क्षिरेश्वर नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतो हुन्।

महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको हो।

उनको टाउकोमा खुकुरीले प्रहार गरेको र जलाएको समेत अवस्थामा रहेको डिएसपी जयसवारले बताए।

‘खुकुरीले प्रहार गरी जलाएको अवस्थामा फेला परेको हो। अनुसन्धान हुँदैछ,’ उनले भने, ‘सनाखत भएसँगै थप कुराहरू पनि खुल्दैछन्।’

Comment


Related News