२०८१ चैत्र ११, सोमबार १०:४२

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनमा लागु भएको प्यारोल कार्यक्रम अन्तरगत वैध मान्यता पाएका पाँच लाख आप्रवासीलाई ट्रम्प प्रशासनले डिपोर्ट गर्ने तयारी गरेको छ।

वैधता भङ्ग भएको सूचना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले जारी गरिसकेको छ। क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाख आप्रवासीको वैधता सकिएको हो।

सूचना जारी भएको एक महिनापछि नै उनीहरूलाई अमेरिकाबाट डिपोर्ट गर्न सुरु गरिने जनाइएको छ। केही आप्रवासीलाई अमेरिकामा अस्थायी रूपमा बसोबास गर्न दिने प्यारोल कार्यक्रम जनवरीमा नै फेज आउट भएको घोषणा भएको थियो।

गृह मन्त्रालयले सूचना जारी गर्दै बाइडेन प्रशासनले सो कार्यक्रमको दुरुपयोग गर्दै धेरै देशका बासिन्दालाई थुपारेको आरोप लगाएको छ।

Comment

Related News

Latest News

Trending News