
मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले हामीले अझैसम्म संविधानले दिएको अधिकारलाई उपयोग गर्न नसकेको बताएका छन् ।
सोमबार मिडिया काउन्सिलद्वारा जनकपुरधाममा आयोजित पत्रकार आचारसंहिता पालना सम्बन्धी गोष्ठिमा गृहमन्त्री लेखीले तीन तहको सरकार बनेपनि संविधानमा उल्लेखित अधिकारहरुको आभाव हुन नसकेको गुनासो गरेका छन् । उनले संविधानमा स्वेत प्रदेश, स्वेत क्षेत्र, स्वेत इलाका बाउने उल्लेख भएतापनि अहिलेसम्म बन्न नसकेको प्रति चिन्ता व्यक्त गरे । यस प्रति न कुनै राजनितिककर्मी न कुनै राजनितिक दल र न कुनै सञ्चारकर्मीले ध्यान दिएको उनले बताए ।
स्वेत संरचना निर्माण भएमा बढि भन्दा बढि अधिकार प्राप्त हुने र ती अधिकारको उपयोग गरी सहज ढंगले विकासका कार्यहरु अगाडि बढ्न सक्ने उनले जानकारी दिए । यो संरचनाबाट सबै भन्दा बढी लाभ दलित र उत्पीडनमा परेका समूदायहरुले लिन सक्ने गृहमन्त्री लेखीले बताए ।
संविधानका विषय वस्तुमा राजनितिक दल र सञ्चारकर्मीहरुले ध्यान दिनुपर्ने गृहमन्त्री लेखीले सुझाव दिए ।
कार्यक्रममा सञ्चारकर्मीहरुले आ आफ्ना गुनासो राख्नुका साथै समाचार संकलनको क्रममा भोग्नु परेको पिडाहरु सुनाएका थिए ।