२०८१ चैत्र १२, मंगलवार ०८:०८

धनुषाको धनुषाधाम नगरपालिकाका जनप्रतिनिधिले एक वडाको जग्गा अर्का वडाले बिक्री गरेको पाइएको छ ।

धनुषामा भूमिसुधार तथा मालपोत कार्यालयका केही कर्मचारी र धनुषाधाम वडा नम्बर ४ मा रहेको जग्गा धनुषाधाम वडा नम्बर ७ का वडाध्यक्ष हेमनारायण यादवको मिलेमतोमा करोडौँको जग्गा अर्कैको नाममा रजिष्ट्रेशन गरिएको तथ्य सार्वजनिक भएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ४ स्थित १ बिघा ५ धुर जमिन बेचिसकेकै व्यक्तिको नाममा पास भइसकेको देखिएको छ ।

साविक धनुषाको तेजनगर गाविस वडा नम्बर ८ (क) को कित्ता नम्बर ३०७ मा रहेको १ बिघा ५ धुर जग्गा हाल धनुषाधाम नगरपालिका वडा नम्बर ४ मा छ । तर जग्गा रजिष्ट्रेशनको लागि घरको बाटो लागि सिफारिस धनुषाधाम नगरपालिका वडा नम्बर ७ बाट गराइ भूमिसुधार तथा मालपोत कार्यालय धनुषाबाट जग्गा रजिष्ट्रेशन गरेको खुलाएको छ ।

जग्गाको साबिकका धनी धनुषाको विदेह नगरपालिकाका स्वर्गीय केशी अधिकारीका तीन छोराहरु भरत कुमार यादव, चन्देश्वर प्रसाद यादव र दिनकर यादवको नाममा रहेको छ । उनीहरुका बुबा केशी अधिकारीले करिब ५० वर्ष पहिले नै सो जग्गा स्थानीय विशेश्वर यादव, रामहित यादव र रामप्रसाद यादवसँग बेचबिखन गरेका थिए । बेचबिखन भइसकेको थियो । सो जग्गा वर्षौदेखि तीनै जना दाजुभाईसँग वर्तमान जग्गा धनीहरुले रजिष्ट्रेशन गरिदिनका लागि आग्रह गर्दै आएका थिए ।

तीनै दाजुभाईले अर्कोदिन गर्दै जग्गा रजिष्ट्रेशनको लागि आलटाल गरिरहेका थिए । सोही मौका छोपी केही दिन अगाडि सो १ बिघा ५ धुर जग्गा साविककै जग्गा धनीको नाममा रजिष्ट्रेशन भएको जानकारी पाएपछि घटना सार्वजनिक भएको छ । सो जग्गा धनुषाधाम नगरपालिका वडा नम्बर ४ मा परे पनि वडा नं. ७ का वडाध्यक्ष हेमनारायण यादवले घरबाटो सिफारिस दिएको पाइएको छ ।

सो घटना वडा नं. ४ का वडाध्यक्ष मनोज कुमार यादवले थाहा पाएपछि उनले आपत्ति जनाएका छन् । उनले आफ्नो वडाको जग्गा अन्य वडा कार्यालयले बेचविखन के कति आधारमा गरेको प्रश्न गरे । उनले भूमिसुधार तथा मालपोतका कर्मचारी र वडाध्यक्ष हेमनारायणले मिलिभगतमा अर्काको जग्गा अर्काको नाममा गरेको आरोप पनि लगाए ।

२०८१ फागुन १८ गतेमा चलानी नम्बर ७४४ मा वडाध्यक्षले अवैध रुपमा घरबाटो सिफारिस गरेको देखिएको छ । सो जग्गामा अहिले करिब ३० वटा घर बने पनि वडा नं. ७ का वडाध्यक्ष हेमनारायण यादवले घरबाटो सिफारिस गरेका घरहरु नरहेको र खाली जग्गा मात्र रहेको भनेर सिफारिस गरेको पाइएको छ सो जग्गा विशेश्वर यादव, रामहित यादव, रामप्रसाद यादवलगायतका व्यक्तिले साविकका जग्गा धनी भरत कुमार यादव, चन्देश्वर प्रसाद यादव, दिनकर यादवका बुवा केशी अधिकारीसंग ५० वर्ष अघि नै खरिद गरेको थियो ।

अहिले सो स्थानमा करिब २० घरधुरी रहेको धनुषाधाम– ४ का वडाध्यक्ष मनोज यादवले बताए ।

Comment


Related News

Latest News

Trending News