२०८१ चैत्र १२, मंगलवार ०८:१४

पर्साको वीरगञ्जमा नयाँ वर्षको अवसरमा ‘रात्रि बजार’ लाग्ने भएको छ । नयाँ वर्ष २०८२ को स्वागतमा वीरगञ्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।

चैतको अन्तिम शुक्रबार २ ९ गतेदेखि ३१ गतेसम्म तीन दिनसम्म रात्रि बजार सञ्चालन गर्न लागिएको महानगरका मेयर राजेशमान सिंहले बताए । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगञ्जको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने विश्वास लिएको जनाइएको छ ।

यस अघिका वर्ष पनि महानगरले रात्रि बजार लगाउँदै आएको थियो । रात्रि बजारमा खानाका विशेष परिकार, लत्ताकपडा, कस्मेटिक, भाडाँकुडा लगायतका सरसामानका स्टल राखिने योजना रहेको जनाइएको छ । वीरगञ्ज महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ ।

ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाउन लागेको छ । रात्रि बजारमा लगाइने स्टलहरुको केही दिनमा नै बुकिङ खुल्ला गरिने ग्रिनसिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले जनाए ।

Comment


Related News

Latest News

Trending News