२०८१ चैत्र १२, मंगलवार ०८:१८

पर्साको वीरगञ्जस्थित ठाकुरराम क्याम्पसमा सम्पन्न स्ववियु चुनावको रोकिएको मतगणना सुचारु हुनु पर्नेमा पर्साका अधिकांश स्थानीय राजनीतिक दलहरु एकमत भएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला प्रशासन कार्यालयको सभाहलमा आयोजना गरेको सर्वदलीय बैठकमा ठाकुरराम क्याम्पसमा रोकिएको मतगणना सुचारू हुनु पर्नेमा पर्साका राजनीतिक दलहरू एक मत भएका छन् ।

सो बैठकबाट फर्जी शैक्षिक प्रमाणपत्रको आधारमा विद्यार्थी भर्ना गर्ने गिरोहलाई कारबाही गरी मतपेटिकाको नम्बर परिवर्तनको विषयमा सत्यतथ्य सार्वजनिक गरेर मतगणना सुचारु हुनु पर्नेमा सबै पार्टी प्रतिनिधिहरु एकमत भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा सभापति हरि पन्तले बताए ।

बाक्सामा खसी सकेको मतको ससम्मान गन्ती हुनु पर्छ भन्नेमा कसैको फरक मत रहेको पन्तले बताए । सो बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दोषी देखिएका जो कोहीलाई पनि कारबाही गर्न प्रशासन पछि नपर्ने बताए । उनले फर्जी प्रमाणपत्रको आधारमा विद्यार्थी भर्नाको जडसम्मै पुगेर कारबाही अगाडि बढाइने बताए ।

मतपेटिका सुरक्षाका बिषयमा पर्सा प्रहरी प्रमुख गौतम मिश्र र सशस्त्र प्रहरी १३ न गण का गणपति राधेश्याम धितालले थप प्रष्ट पार्दै कुनै पनि किसिमको गम्भीर त्रुटि नरहेको स्पष्ट पारेका थिए । सो बैठकमा एमाले पर्सा अध्यक्ष डा बिस्वम्भर शर्माले सबैले आ आफ्नु भातृसङठन हरुलाइ यस बिषयमा आफुहरुले प्रष्ट पार्ने बताएका थिए ।

सो बैठकमा एमाले अध्यक्ष डा. विश्वम्भर शर्मा, नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता पाण्डे एवम् नेता नवीन सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति हरि पन्त, जसपाका सिङासन तेली, तबरेज अहमद, नेकपा माओवादी केन्द्रका प्रभाकर गुप्ता, समाजवादीका मनोज चौधरीलगायत नेताहरूको उपस्थिति थियो ।

Comment


Related News

Latest News

Trending News