२०८१ चैत्र १२, मंगलवार ०८:२६

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ धनुषाबाट प्राप्त गुनासोपछि धनुषा जिल्लाका सबै संस्थागत विद्यालयहरूलाई पाठ्यपुस्तक नामावली पेश गर्न थप सात दिनको म्याद दिइएको छ ।

शिक्षासम्बन्धी निर्देशनिका अनुसार विद्यालयहरूले पाठ् यपुस्तक र स्टेशनरी बिक्री गर्न नपाउने र विद्यालयले तोकेको ड्रेस कोडको नमुना विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । विद्यालयहरूले विद्यार्थी तथा अभिभावकलाई पाठ्यपुस्तक र स्टेशनरी विद्यालयबाटै खरीद गर्न बाध्य पार्ने गरेको गुनासो प्राप्त भएको थियो ।

यस कारण सम्बन्धित विद्यालयहरूले राष्ट्रिय पाठ्यक्रम परिषद् र पाठ्यपुस्तक विकास केन्द्रद्वारा स्वीकृत पाठ् यपुस्तकहरूको नामावली ७ दिन भित्र पेश गर्नुपर्ने व्यवस्था रहेको छ । जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धीरेन्द्र लाल कर्णले एक विज्ञप्ति जारी गर्दै विद्यालयहरूलाई पाठ्यपुस्तकहरूको नामावली पेश गर्न आग्रह गरेका छन् ।

उनले विद्यालयहरूले निर्देशिका उल्लंघन गरे कानूनी कारबाही गरिने र त्यसको जवाफदेही सम्बन्धित संस्थापक र प्रिन्सिपललाई बनाइने चेतावनीसमेत दिए । विद्यालयहरूलाई पाठ् यपुस्तक र स्टेशनरी बिक्री गर्ने अधिकार नरहेको र विद्यार्थीहरूलाई विद्यालयको तय गरिएको स्थानबाट मात्रै पोशाक खरिद गर्न बाध्य नपारिने निर्देशिकामा उल्लेख छ ।

शाखा प्रमुख कर्णले विद्यालयहरूको एकरूपता कायम राख्न र पाठ्यपुस्तकको नामावली सही समयमै पेश गर्न अनिवार्य रूपमा सम्बन्धित संस्थागत विद्यालय युनियनसंग सहकार्य गर्न आग्रह गरेका छन् । युनियनहरूमा प्याबसन, एनप्याबसन, मधेश प्याबसन र नेपाल प्याबसन जनकपुरधामका सदस्य विद्यालयहरूले आवश्यक पहल गरी नामावली पेश गर्नुपर्ने उनले स्पष्ट पारेका छन् ।

Comment


Related News

Latest News

Trending News