
केपी शर्मा ओली नेतृत्वको सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकबाट घिसिङलाई पदबाट हटाउने निर्णय गरेको जनाएको छ । यसअघि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो । सो जवाफ पनि घिसिङले लेखेका थिए । तर, उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै घिसिङलाई पदबाट हटाउने निर्णय भएको जनाइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि साउन महिनाबाट नै उनलाई पदबाट हटाउने चर्चा चलेको थियो । यसबीचमा ऊर्जामन्त्रीस्तरीय निर्णयबाट तीनपटक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो । आफूलाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले ऊर्जा मन्त्रालयबाट हटाउन नमिल्ने जवाफ घिसिङले दिएका थिए । त्यसपछि मन्त्रिपरिषद्बाटै उनलाई स्पष्टीकरण सोधिएको थियो भने । उनको पदावधि भने आगामी साउनमा सकिँदै थियो ।
सो को कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्यलाई नियुक्त गरिएकोछ ।