२०८१ चैत्र १२, मंगलवार १३:०४

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षीहरू सरकारलाई बदनाम गर्ने र झुट फैलाउन सक्रिय रहेको बताएका छन्।

ललितपुरको कुपन्डोलमा मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएसनको राष्ट्रिय अभिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्ना विषय र काममा केन्द्रित भइरहेको बताए।

‘केही मानिसहरू समृद्ध नेपाल खुसी नेपाली राष्ट्रिय आकांक्षालाई सफल पार्न नदिनका लागि लागेका छन्, त्यो स्वाभाविक पनि हो,’ प्रधानमन्त्री ओलीले भने, ‘विरोधीहरू लाग्छन्, यद्यपि वैधानिक प्रतिपक्ष, संवैधानिक प्रतिपक्षको भूमिका यथार्थपरक र रचनात्मक हुनुपर्ने हो तर त्यस्तो भइरहेको छैन। कसरी सरकार वा आफू बाहेकलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न र झुटलाई फैलाउन सकिन्छ भन्ने कुरामा उहाँहरू बहुत नै सक्रिय देखिनुहुन्छ।’

अनावश्यक कुरामा अलमल्याउन खोज्ने र विषयबाट ध्यान मोड्न खोजे पनि त्यसका लागि आफूहरू तयार नरहेको उनले बताए।

Comment

Related News

Latest News

Trending News