२०८१ चैत्र १२, मंगलवार १३:२३

सिराहामा बोराभित्र एक शव फेला परेको छ । गोल बजार नगरपालिका-९ गोविन्दपुरस्थित घुर्मी खोलाको किनारमा बोराभित्र शव फेला परेको परेको हो ।

प्रहरी घटनास्थलमा पुगेर अहिले शव उठाउने काम गरिरहेको छ । अहिले आफूहरू घटनास्थलमै रहेको र शव उठाउने काम गरिरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले बताउनुभयो ।

प्रहरीका अनुसार, शवको कसको हो भन्ने कुरा अहिले यकिन भने हुन सकेको छैन । तर, सोही गाउँकी १३ बर्सिया बालिका गुल्सना खातुन गत फागुन २९ गतेदेखि हराइरहेकी छिन् । गाउँकै सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत बालिका खातुन बिहान ९ बजे घरबाट निस्केकी थिइन् । तर, फर्केर नआएपछि आमा जाहेदा खातुनले चैत १ गते मा प्रहरीमा निवेदन दिएकी थिइन् । मङ्गलवार भेटिएको शव उनकै हुनसक्ने आशङ्का स्थानीयको छ ।

तर, डिएसपी बाखुले भने शव कुहिएको अवस्थामा भेटिएकोले पहिचान गर्न अप्ठ्यारो भएको र अनुसन्धानपछि थप कुरा खुल्ने जानकारी दिनुभयो ।

Comment


Related News

Latest News

Trending News