२०८१ चैत्र १२, मंगलवार १५:३६

माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षाको मर्यादा विपरीत गतिविधि गरेको भन्दै सिरहाको कर्जन्हा परीक्षा केन्द्रका एक निरीक्षकलाई निष्कासन गरेको छ।

आज भइरहेको विज्ञान विषयको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै शिक्षक सुनिल कुमार लामालाई निष्कासन गरेको हो।  निरीक्षक आफै परीक्षार्थीलाई चिट चोराउन सक्रिय रहेको भेटिएकोले तत्काल केन्द्राध्यक्षलाई निष्कासन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीपक कोलोनीले जानकारी दिए।

उनका अनुसार परीक्षामा परीक्षार्थीलाई गेसपेपर, मोबाइल छिराएर चिट चोराउन सहयोग गरेकोले हाललाई निष्कासन गरेको छ। उनीमाथि थप कारबाही पनि हुनेछ।

सुनिल कुमार लामा जनता आधारभूत विद्यालय, कर्जन्हा ४ भुल्केका शिक्षक हुन्।

यस परीक्षा केन्द्रमा निजी विद्यालय  स्वस्तिक पाठशाला, मिर्चैया र नेपाल राष्ट्रिय फुलकुमारी महतो  माध्यमिक विद्यालयको परीक्षा केन्द्र रहेको छ।

सिरहामा ५० वटा परीक्षा केन्द्र रहेको छ। परीक्षामा १० हजार सात सय तीन जना परीक्षार्थी सहभागी रहेका छन्।

Comment

Related News

Latest News

Trending News