२०८१ चैत्र १२, मंगलवार १७:००

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेरि चिट चोर्न प्रयोग गरिएका ४७३ थान मोबाइल अनुगमन समितिले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएपछि जिल्ला सदरमुकाम गौर लगायतका परीक्षा केन्द्रमा परीक्षार्थीहरूले शरीरमा लुकाएर परीक्षा हलभित्र लागेको ४७३ थान मोबाइल चेकजाँचको क्रममा टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

हालसम्म चिट चोराउने उद्देश्यले लगिएका १७०६ थान मोबाइल बरामद गर्नुका साथै परीक्षाको मर्यादाविपरीत काम गरेका ६ जना निरीक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले रातोपाटीलाई जानकारी दिए । निरीक्षकहरूमाथि परीक्षाको मर्यादा उल्लंघन सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको एसपी घिमिरेको भनाई छ।

गत वर्ष एसईई परीक्षामा प्रहरी तथा अनुगमन टोलीले झण्डै २ हजार मोबाइल बरामद गरेको थियो। परीक्षा सम्पन्न भएको करिब १ हप्ता पछि बरामद उक्त मोबाइलहरू नजिकको प्रहरी युनिट मार्फत सम्बन्धित विद्यार्थीलाई फिर्ता गरेको थियो।

Comment


Related News

Latest News

Trending News