२०८१ चैत्र १३, बुधबार ०७:१३

बलूचिस्तानमा उग्रवादले गति लिएको छ । दशकौ देखि आफ्नै नागरिक माथि पाकिस्तानी सेनाको दादागीरीलाई बिद्रोहि समूहले अहिले ठुलो चुनौती उत्पन्न गरेका छन । केहि समय यता सरकार बिरोधी पाकिस्तानका सबै आतंकवादी संगठन आपसीतालमेल बढ़ाएर आक्रमणलाई तिब्रता दिएका छन ।जसले गर्दा पाकिस्तानी सेनालाई चुनौती बढाउनुका साथै पाकिस्तानलाई अस्थिरता धकेलेको छ । केहि बर्षयता बलुचिस्तानमा भडकेको उग्रवाद पाकिस्तानको लागी अशुभ हुँदै गइरहेको छ । ‘रोम जलिरहेको बेला राजा निरोले बासुरी बजाइरहे’जस्तै अहिले इस्लामावादको अवस्था छ ।केन्द्रिय सरकारको घैटोमा घाम लागन सकको छैन ।

सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानको अवस्थाप्रति पाकिस्तानी सरकार गम्भीरता देखाउन नसकेको गुनासा पाकिस्तानमा बढदै गएको छ । बुलूचिस्तानमा आतकंवादको आगो पहिला देखि नै सल्किदै आएको थियो । उग्रवादको यो ज्वालामुखि दिन प्रतिदिन भयावह बन्दै गएको छ । क्षेत्रफल अनुसार पाकिस्तानको सवै भन्दा ठुलो प्रान्तको बर्तमान अवस्था कसैसंग लुकेको छैन ।पाकिस्तान मात्रै नभई पुरै वैश्वीक समाजको ध्यानकर्षण बलुचतर्फ केन्द्रि भएको छ ।पाकिस्तानी मिडिया समाचारहरु सेंसर गरिपनि अन्तराष्ट्रिय संचारमाध्यमहरुमा आइरहेको समचारले बलुचको वास्तविक्तालाई उजागर गरेको छ ।

तर पाकिस्तानको राजधानीमा एउट कुरा मात्रै पहत्व राख्ने गरेको छ ,जुन हो सरकारी संस्थानहरुलाई नियंत्रित गर्नु ।पाकिस्तानका सवै सरकारी संस्थाहरु जसरी पाकिस्तान सेनाबाट नियन्त्रीत हुदै आएको छ ।त्यसले सैन्य हाइब्रिडबाट चलेको पाकिस्तानी प्रजातान्त्रिक सरकारको अस्तित्व बचाउने अभियानमा लागी रहेको हुन्छ । जसको प्रत्यक्ष वा अप्रत्यक्ष नियन्त्रण जनरल आसिम मुनीरको इच्छाबाट संचालीत हुने गरेको हुन्छ । बलूचिस्तान, खÞैबर पखÞ्तूनखÞ्वा, सिंध र पाकिस्तानको कÞब्जामा रहेको काशमीर (पिओके) बाट उठी रहेको बिद्रोहको आगोबाट पाकिस्तान खासै खबरअन्दाज हुन सकेको देखिदैन ।

पाकिस्तानी मिडिया अहिले पनि बलुच भन्दा बढी चर्चा इमरान खानलाई दिने गरेका छन ।उनीहरुको समाचारको प्राथमिकता बलुचिस्तानमा लागेको डढेलो भन्दा पनि कैदि जिवन बिताइ रहेका इमरान खÞानकै चर्चा परिचर्चामा बितने गरेको छ । इमरानले के भने ? जेलमा उनी कति कठिन जिवत बिताइ रहेका छन ? विशलेषणमा केन्द्रित हुने गरेको छ । इमरान खÞानले त्रिकेटमात्रै नभइ पाकिस्तानको राजनैति परिवेशमा जुन लोकप्रियता बनाएका छन,जुन नैरेटिव खड़ा गरेका छन,त्यसलाई न्यट्रलाइज गर्नेमा सरकार र सेना अल्झिएको बताइन्छ । खानको राजनैतिक क्रिया प्रक्रियामा लिइने सरकारको भावीनितिकै प्रचारबाजीमा पाकिस्तानी संचारमाध्यमहरु फोलो गरिरहेका हुन्छन । पाकिस्तानको स्थापना देखि नै बलूचिस्तान इस्लामाबाद र लाहौरबाट टाढिदै आएको छ ।

केहिबर्ष पहिलासम्म बलुचमा चलिरहेको उथल–पुथल र पहाडि एरियामा हुने बिष्फोटक घटनाबाट इस्लामाबाद खासै चिन्तित थिएन । तरकेहि महीन यता, जमीयत उलेमा–ए–इस्लामका नेता मौलाना फÞजÞ्ल–उर–रहमानले पाकिस्तानको ‘नेशनल असेंबली’ मा बोल्दै भने, ‘बलूचिस्तानका पांच देखि सात जिल्ला आफुलाई पाकिस्तानबाट स्वतन्त्र भइरहेको घोषणा गर्ने अवस्थामा पुगी सकेका छन’र ‘उनीहरुले घोषणा गरे लगतै, संयुक्त राष्ट्रसंघले पनि उनीहरुलाई अबिलम्ब नया राष्ट्रको मान्यता दिने अवस्था छ’। मौलाना फÞजÞ्ल–उर–रहमानको यो बयान पछि पाकिस्तानको जनता र सरकारी ओहदामा रहेकाहरुलाई झस्काएको छ ।

बलूचिस्तानमा उग्रवादको ज्वालामुखिले लिरहेको विस्फोटले खराब हुदै गएको अवस्थाबारे झस्काएको छ । हुनत , मौलानाले त्यहाको अवस्थालाई बताउने वेलामा बढिनै सेन्टिमेन्टल भएको आरोप पाकिस्तानी मिडियाहरुको छ । जसले गर्दा उनले संसदमा संयुक्त राष्ट्र संघले, बलूचिस्तानलाई स्वतन्त्रता प्रदान गर्ने कुरालाई लिएर हो । तर, मौलाना फÞजÞ्ल–उर–रहमानले संसदमा उठाएको कुरा र बलूचिस्तानको धरातलीइ अवस्था र सत्याता पनि त्यहि हो । किनकि मौलाना रहमान बलूचिस्तानलाई राम्रोसंग जान्ने बुझने धार्मिक नेताहुन । त्यसैले त्यँहा चलिरहेको सबै गतिविधिको बारे उनी राम्रो जानकार भएको पाकिस्तानमा मानिन्छ । मौलाना फÞजÞ्ल–उर–रहमान पछि ‘नेशनल असेंबली’मा नेता प्रतिपक्ष उमर अयूबले पनि बलूचिस्तानको आधा दर्जन जिल्ला पाकिस्तानको पकड भन्दा वाहिर गइसकेको प्रति ध्यानाकर्षण गराएका छन ।उमर अयूबले संसदमा लिएको व्यान अनुसार यी सबै जिल्लाहरुमा पाकिस्तानको झन्डा हटाएर बलुचिस्तानको झन्डा फहराइएको छ ।

बलूचिस्तान को “बगावत”

तसोत होइनकि, सेना नियन्त्रीत अधिकारीहरु बलूचिस्तानको खराब हुदै गएको अवस्था प्रति चिन्ता जाहेर गर्दै आएका छन । प्रधानमंत्री शहबाजÞ शरीफका निजि सल्लहकार मध्येएक पूर्वगृहमंत्री राना सनाउल्लाहले पनि बलुचबारे सरकारलाई चेतावनी दिएका थिए । हथियारधारी संगठनहरु पहाड़हरुको तल आएर बलूचिस्तान माथि आफ्नो आधिपत्य जमाएको कुरा धेरै पहिले उनले पनि उठाइसकेका छन । शुरुमा बलूचिस्तानबारे सरकारी अधिकारीहरु वास्तविक्ता भन्दा परम्परागत सोचमा रहदै आएका थिए । तर बलुचिस्तानका मुख्यमन्त्री सरफÞराजÞ बुगतीले प्रान्तको अवस्था धेरै खÞतरनाक भइसकको भनेपछि पाकिस्तानको सरकारी चिन्ता बढाउनु स्वभाविकनै हो । जबकि, केहिदिन वा केहिघन्टा वाहेक उग्रवादीहरु स्थायी रुपमा कुनै पनि क्षेत्रमा पकड बनाउने सकेका छैनन ।

बलुच उग्रवादीहरु ठुलाहाइवे,रेलवे वा हवाइअडाहरु माथि आक्रमण गरेर केहि घन्टाको लागी आफ्नो नियन्त्रणमा लिएर पाकिस्तानी सेना लगायत सरकारी सुरक्षाबललाई ठुलो प्रतिघात गर्दै आएका छन । जसले गर्दा पाकिस्तानी सेनामा डरको मनोबिज्ञान स्थापित गरेको छ । जसलाई जिम्मेवार प्रशासक हल्करुपमा लिनु पाकिस्तानको ठुलो घाटाको कुरा हुने निश्चित छ । बलूचउग्रवादिद्वारा क्रमश ‘एक पछि अर्को’ गरिएको कतिपय ठुलो हमलाले पाकिस्तानी सरकार र सेनालाई ठुलो झट्का दिएको छ । सरकार र जरजर बन्दैगएको पाकिस्तानी अर्थतन्त्रलाई यसले गहिरो घाउ दिएको छ ।

उग्रवादिय संगठनहरुले गर्दै आएको ठुलो आक्रमणले गर्दा मुलुकमा अनिश्चितता बढाएको छ । जसले मूलभूत ढांचा र बलुचमा चलिरहेका विकास तथा खनन परियोजनाहरुमा गरिएको विदेशी निवेश जस्ता आकर्षित र महत्वाकांक्षी योजना माथी ठुलो चुनौती उत्पन्न गरेको छ । समय परिस्थितिलाई मध्यनजर गरेर स्थानिय चार उग्रवादी संगठन बलूच लिबरेशन आर्मी (बिएलए), बलूचिस्तान लिबरेशन फ्रंट (बिएलएफ), बलूचिस्तान रिपब्लिकन गार्ड (बिआरजी) र सिंधुदेश रिवोल्यूशनरी आर्मी (एसआरए) को संयुक्त संगठन बलूच राजी आजोई संगार (बिआरएएस)को एकीकृत कमानमा एक बलूच नेशनल आर्मी बनाउने घोषणा गरिएको छ ।यसले बलूचिस्तानको स्वतन्त्राको लागी ‘अलग अलग सानातिना हमला गर्नुभन्दा पनि सांगठित भएर निर्णायक लडाइ र हमला गर्ने’ उदघोष गरेका छन ।

जसले पाकिस्तान र त्यसको सबै भन्दा ठुलो संरक्षक चीनको बिरोधमा युद्धको संखघोष गरेको छ । आक्रमणलाई आक्रामक बनाउनुका साथै गुरिल्ला अभियानलाई बढि घातक बनाइने कुरालाई तिब्रता दिइएको छ । पाकिस्तान र चीनलाई ठुलो धक्का दिनको लागी बिआरएएसले निर्णय नै गरको छ । जसमा ‘बलूचिस्तानका सबै प्रमुख राजमार्गलाई नाकाबंन्दी गर्ने र बाहिरबाट आएर माथि कÞब्जÞा जमाउनुको साथै बाहिरि आवागमनलाई निषेध गरिएको छ । साथै सरकारी ‘आर्थिक र सैन्य’ हितका सवै गतिविधिलाई चोट पर्याउने निति आक्रमणकारीहरुको रहेको छ ।

पाकिस्तानमा उग्रवादको नया लहर

यता आएर केहि उग्रवादी अक्रमणले पाकिस्तानीे सुरक्षा बललाई ठुलो क्षति पुर्याएको छ । फरवरीको शुरुआतमा उग्रवादिले कालातमा सेनालाइ लिएर गइरहेको गाडि माथि घातक लगाएर आक्रमण गरेका थिए । जसमा पाकिस्तानका १७ सैनिक मारिएका थिए । त्यसको दुइ सात्ता नबित्दै मन्द इलाकामा पाकिस्तानी सेनाको एउटा चौकी र एउटा काफिला माथि गरिएको हमलामा पुन १७ पाकिस्तानी सैनिक मारिएका छन । उग्रवादिहरुले हरनाइको खदानको लागी लिएर गइरहेको मजदुर बसलाई निशाना बनाएका छन ।

जसमा ११ जनाको मृत्य भएको छ । यसो त पाकिस्तानी मीडियाले उग्रवादिद्वारा चलाइएको फिरौती रैकेटबाट गराइएको घटना बताए छन । तर ,बिद्रोहिहरुले यसलाई पाकिस्तानको बरोधमा गरिएको आर्थिक हमला भएको जनाएका छन । उनीहरुले बलूचिस्तानको संशाधन माथि पंजाबद्वारा गरिदै आएको दोहनको बिरोधमा आक्रमण गरिएको बताएका छन । जसले गर्दा यो हमलालाई उनीहरुको सिद्धांतमा जायज ठहर गरिएको छ । यसैगरी बलूचिस्तानमा बसिरहेका पंजाबी कारोबारी र आममानसलाई निशाना बनाउनु कुरालाई उचित बताउदै सबै सरकारी जासूस र तिनका सहयोगीलाई समय अनुसार कार्यवाहि गरिने कुरा जायज बताएका छन ।

यसलाई पाकिस्तानी सत्ताको बिरोध चलाइने बलूच आजादीको हिस्सा भनिएको छ । बलूच उग्रवादिहरुले सबै भन्दा भयानक हमला अगस्त २०२४मा गरेका थिए । त्योबेला उनीहरुले ऑपरेशन हेरोफ नामले सुरु गरेका थिए । यो ऑपरेशनको समयमा बलूचिस्तानको पहाडी एरियामा आपसी तालमेलका साथै ९०० भन्दा बढी अक्रमणमा गरिएको थियो । जसको अधिकांस आक्रमण बलूचिस्तान लिबरेशन आर्मी, बलूचिस्तान लिबरेशन फ्रंट र बिआरएएसको झन्ंडा मुनि भएको थियो ।

उत्तरी बलूचिस्तानका पठानहरुको पकड भएको जिल्ला बाहेक बलूच उग्रवादी, पहाडि भ्यालीहरुका सबै जिल्लाहरु सक्रिय भइसकेका छन । बलूचिस्तानमा पहिला चलाइएका उग्रवादी अभियानको तुलनामा अहिले धेरै फरक देखिएको छ । पहिलाको लडाइए केहि जिल्ला र कबिलाहरुमा मात्रै सिमित हुने गरेको थियो । तर अहिले उग्रवादको आगो पुरै बलूचिस्तान प्रान्तमा लागेको छ । यसले सबै कÞबीलाई, भाषाई र लैंगिक विभेदलाई अन्त गरेको छ । बलुचिस्तानका सबै महत्त्वपूर्ण राजमार्गहरूमा नाकाबन्दीलाई तीव्र बनाउने निर्णय गर्यो । गत जनवरीमा झण्डै १०० विद्रोहीले केही घण्टासम्म आक्रमण गरी कब्जामा लिएका थिए ।

दक्षिण एसिया टेरोरिज्म पोर्टलले संकलन गरेको तथ्याङ्क अनुसार सन् २०२५ को पहिलो नौ हप्तामा ७० वटा घटना भइसकेका छन् । जसमा ६६ विद्रोही÷चरमपन्थी र त्यसको तुलनामा करिब १३५ पाकिस्तानी सुरक्षा बलका कर्मचारी मारिएका छन् ।यसले बलुचिस्तान समस्याको विशालतालाई प्रतिबिम्बित गर्दछ । यी विद्रोही आक्रमणहरू मध्ये केहीले पाकिस्तानी सुरक्षा बलहरू गम्भीर क्षति पुर्याएको छ । बलुच विद्रोहीहरूले उग्रता, तीव्रता र संगठनात्मक क्षमताको हिसाबले मात्र नभई आफ्नो पकडलाई पनि बढाउदै अगाडि बढेका छन ।

पाकिस्तानी राज्य— जुन पाकिस्तानी सेनाको लागि प्रयोक्ति हो, प्रभावकारी रूपमा प्रतिक्रिया दिन सकेको छैन । बलुच प्रति सरकारीे प्लेबुक उही पुरानो दशकको छ ः क्रूरता बढाउनु्, आदिवासी सरदारहरूलाई प्रयोग गर्ने, जनतालाई ब्रोबिट गर्नुका साथै मिडियामा कडा दबाव राख्दै जानु छ । पाकिस्तानी सेना आफ्नो दमनकारी शासन बलुचमा जति दोब्बर हुन्छ, त्यति नै यसले बलुच जनतालाई सरकारबाट टाढा धकेल्ने निश्चित छ ।परिणमस्वरुप शिक्षित मध्यमवर्गका महिला र युवाहरू सहित भर्तीमा होमिएका विद्रोही समूहहरूको दायरा बढदै गएको छ । जहिले पनि भारतबाट ठुलायुद्ध हारेको अनुभवका साथ पाकिस्तानी सेनाले अनुमानित प्रतिक्रिया दिने गरेको छ ।

यसले विश्वविद्यालयहरूमा छापा मार्ने र बलुच विद्यार्थीहरूलाई अपहरण गर्ने, उनीहरूलाई अवैध हिर ासतमा राख्ने र कतिपय अवस्थामा उनीहरूलाई मारे पछि सडकछेउ वा जंगलमा शव फाल्ने गरेको छ । यस वर्षकोसुरुका केही हप्तामा २५० भन्दा बढी विद्यार्थी बिश्वविद्यालयहरुबाट बेपत्ता भएका छन् । यो जबरजस्ती बेपत्ता मुद्दाले पाकिस्तानी राज्यविरुद्ध ठुलोघृणा र अलगावबादलाई झन उत्प्रेरित गरेको छ । बलुच जनमतलाई पाकिस्तान सरकारको बिरोधमा परिचालन गर्न यस्ता धेरै आधारस्तम्भ पाकिस्तानी सेनाले खडा गर्दैआएको छ ।

जारी क्रूर दमन बाहेक, पाकिस्तानी सेनाले अहिले अनाक्रोनिस्टिक रणनीतिहरू प्रयोग गरेर कथात्मक खेललाई मंचन गर्ने अभियान सुरु गरेको छ । उदाहरणका लागि, केहि अधिकारी प्रायः एक ‘आत्मसमर्पण गरिएको लडाकू ’ परेड गर्छन् । जसबारे एक अनुमानित कथा सुनाउँछन् – कमाण्डरहरूलाई लोभको आरोप लगाउँछन्, भारतले उनीहरूलाई पैसा दिएको दाबी गर्छन्, र उनीहरूले बलुच हितहरू विरुद्ध काम गर्छन् भनी दाबी गर्छन् । त्यसपछि पाकिस्तानी मिडियाले यी कथाहरूलाई विस्तार पुर्वक खेलाउने गर्छ ।

तर पञ्जाबका मानिसहरू बाहेक अरू कसैले पाकिस्तानी सेनाको यो डिसइन्फर्मेसन विंगले बेचेको कुरा किनिरहेका छैनन् । त्यसैगरी, पाकिस्तानी सेनाले आक्रमणलाई पन्छाउन वा विद्रोही लुकेको ठाउँमा आक्रमण गर्ने कार्यलाई पनि अतिरंजित र प्राय ः पूर्णतया काल्पनिकताका साथ गरिएको दावीले खासै प्रभावित पाउन सकेको छैन । धेरैजसो अवस्थामा, पाकिस्तानी सेनाले काल्पनिक संख्यामा विद्रोहीहरूलाई मारेको देखाउनको लागि मात्र यो लडिरहेको छ, जुन आउने समयको लागी कडा बन्दै गएको छ । बिआरएएसले आफ्नो संगठनको पुनर्संरचना गर्ने र यसको सञ्चालनलाई तीव्र पार्ने घोषणाले बलुचिस्तानको सङ्घर्ष निर्णायक चरणमा प्रवेश गरेको विद्रोहीहरूको विश्वास छ । राजनीतिक कथामा बलुच याक्झेटी काउन्सिलका युवा नेताहरू, जस्तै अदम्य महराङ बलोच, सामी दीन बलोच र अन्य सदस्यहरूले प्रान्तभरि व्यापक विरोधको नेतृत्व गरिरहेका छन् ।

विधान सभाका सदस्यहरू र प्रान्तमा ‘निर्वाचित ’ सरकार राजनीतिक व्यक्तिहरुलाई बलुचका जनता राजनैतिक सुँगुरबनेको संज्ञा दिने गरेका छन् । जो सत्तामा छन् ,उनीहरूलाई पाकिस्तानी सेनाले बलुचिस्तानका जनता माथि फसाएर प्रजातान्त्री प्रतिकको रुपमा उभ्याएको छ । बलुचिस्तानमा राजनीतिक र लोकतान्त्रिक प्रक्रियाहरू अनावश्यक भएका छन् । किनभने त्यहाका नेताहरु जनमत भन्दा पनि तिनीहरू पाकिस्तानी सेनाद्वारा पूर्ण रूपमा सम्झौता र धाँधलीबाट स्थापित भएका छन् ।

ती सबैले स्वतन्त्रता समर्थक आवाजहरूको कथामा फीड गर्दछ । सैन्य रूपमा, बलुच विद्रोहीहरूले जटिल आक्रमणहरू समन्वय गर्ने आफ्नो पहुँच, क्षमता र क्षमता प्रदर्शन गरेका छन् । पाकिस्तानको २५ करोड जनसङ्ख्याको ५ प्रतिशत भन्दा कम हिस्सा भएकाले बलुचहरूले जनमतबाट अधिकार पाउने कुरै भएन । तर विद्रोहीहरूले पाकिस्तानी राज्यविरुद्ध जित्नको लागि आवश्यक महत्वपूर्ण जनसङ्ख्या रहेको विश्वास गर्छन् । खैबर पख्तुनख्वा प्रान्तमा भएको उग्र तालिबान विद्रोह र बलुचिस्तानको पश्तून बेल्टले पाकिस्तानी सेनालाई रगत बगाएको कारण तिनीहरूको सरासर संख्याको कमी छ ।

यसमा अफगानिस्तान र पाकिस्तानमा तालिबान शासनबीचको सम्बन्धमा तीव्र गिरावट थपिएको छ । तालिबानले बलुचहरूलाई ठाउँ दिइरहेको देखिन्छ किनकि यसले उनीहरूलाई पाकिस्तान माथि निश्चित लाभ दिन्छ, जसलाई उनीहरूले इस्लामिक इमिरेट्सलाई कमजोर पार्न इस्लामिक स्टेट खोरासान (आईएसके) सँग फ्लर्ट गरेको शंका गर्छन् । इरानको सिस्तान–बलुचिस्तान प्रान्तको अवस्था पनि पाकिस्तानमा बलुच विद्रोहीका लागि अनुकूल साबित भइरहेको छ ।

बलुच स्वतन्त्रता सेनानीहरूले गरिरहको एक माथि अर्को आक्रमणले उनीहरुको साहसलाई बढाएको छ । उनीहरुले चलाएैको उग्रताले विष्फोटको ज्वालामुखिमा पर्याएको प्रान्तीय अस्थिरतालाई सम्बोधन गर्न पाकिस्तानको पूर्ववर्ती दृष्टिकोणले काम गरिरहेको छैन । जसले गर्दा पाकिस्तानी सेनाका लागि सीमित विकल्प बाहेक केहि उपलब्ध छैन । बलुचिस्तानमा भडकिएको यो यो पाँचौं विद्रोह विगत २५ वर्षयता सबै भन्दा ठेलो देखिएको छ । पाकिस्तानी सेनाले बलुचिस्तानमा जलेको पृथ्वी स्टीमरोलर अपरेशन गर्ने निर्णय पनि गर्न सक्छ ।

अपरेशनको राजनीतिक, सैन्य र कूटनीतिक परिणामहरू व्यवस्थापन गर्न विनाशकारी साबित हुन सक्छ । तेस्रो विकल्प मेलमिलापको प्रयास गर्नु हो । तथापि, यो पाकिस्तानको पञ्जाबी सैन्य अभिजात वर्गको बौद्धिक क्षमतालाई चुनौति हुने निश्चित छ । जसले गर्दा अर्को पंजाब बिद्रोह पाकिस्तानबाट बाहिर जाने लामो र कठिन बाटो अपनाउने नै हो ।

किन भने यसले पाकिस्तानको शासक वर्गको औपनिवेशिक नियन्त्रण विरुद्ध लडाकु युद्धलाई स्थापित गर्दछ । तर पाकिस्तानले जुनसुकै नीति अपनाए पनि बलुचिस्तानको अवस्था निकट भविष्यका लागि भरिपूर्ण रहनेछ । बलुचिस्तानले दासत्वको ‘बन्धनहरू (इमरान खानको उत्तेजक वाक्यांश प्रयोग गर्न) हल्लाउने सूचनाहरू अत्यधिक समयपूर्व र अत्यधिक आशावादी हुन सक्छ । आउने समयको लागी बलुचिस्तान पाकिस्तानको घाँटीमा अड्किएको हड्डी जस्तै बन्दै गएको छ । जसलाई नतनिष्कासन गर्न सकिन्छ नत निल्ननै सकिन्छ । स्वतन्त्रको लागी उनीहरुको संघर्ष क्रमश ज्वालामुखी बन्दै गएको छ ।

Comment


Related News

Latest News

Trending News