२०८१ चैत्र १३, बुधबार १०:५२

बारामा १५० किलो गाँजासहित चार जना पक्राउ परेका छन्।

प्रहरीले बुधबार जितपुर सिमरा उपमहानगरपालिका-४ औराहाबाट चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगर-२२ चक्री टोलका ४२ वर्षीय बुद्ध घलान, ३६ वर्षीय नन्दकिशोर सहनी, २८ वर्षीय वीरबहादुर डम्बा र हेटौंडाका २७ वर्षीय सोमलाल पाख्रीन छन्।

उनीहरूले ६ वटा बोरामा १५० किलो गाँजा टाउकोमा बोकेर दुधौरा खोलाबाट रतनपुर हुँदै बकुलियातर्फ लग्दै थिए।

Comment


Related News

Latest News

Trending News