
शिक्षक महासंघले आन्दोलनरत शिक्षकहरूलाई माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्न भनेको छ ।
चैत २० देखि शैक्षिक सडक आन्दोलनमा सहभागी हुन भन्दै महासंघले शिक्षकहरूलाई यस्तो निर्देशन दिएको हो ।
महासंघले आफ्ना माग पूरा नभएको भन्दै एसइई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्न निर्देशन दिएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार ४ लाख शिक्षक कर्मचारी मध्ये ७५ प्रतिशत आन्दोलनमा सहभागी हुनेछन् ।
आगामी २० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने कुनै पनि कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिएको छ ।
यसअघि शिक्षक महासंघले सरकारलाई आफूहरूको माग सम्बोधन गर्न भन्दै विभिन्न पार्टी कार्यालयमा धर्ना दिइसकेको छ ।
उक्त माग सम्बोध नभए चैत्र २० गतेदेखि अनिश्चितकालीन अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी समेत महासंघले दिएको थियो ।