२०८१ चैत्र १४, बिहीबार १७:५३

अलबिदा जुम्माका कारण जनकपुरधाम उपमहानगरपालिकाले भोलि शुक्रबार हुने ८ कक्षाको बोर्ड परीक्षाको समय परिवर्तन गरेको छ ।

मुस्लिमहरुले परीक्षाको समय सार्न अनुरोध गरेकाले सोही अनुरोधलाई ध्यानमा राखी जनकपुरधाम उपमहानगरपालिकाले विशेष निर्णय गरेको छ ।

परीक्षा समितिका सदस्य सचिव धीरेन्द्रलाल कर्णले ८ कक्षाको परीक्षाको समय परिमार्जन गर्न विद्यालयहरुमा पत्र पठाउनुभएको छ । सो पत्रमा डेढ बजेको स्थानमा अढाइ बजे परीक्षा सञ्चालन गर्न आदेशानुसार अनुरोध गरिएको छ ।

परीक्षा जस्तो सम्बेन्दनशील विषयमा जनकपुरधाम उपमहानगरपालिकाले पहिलोपटक यसप्रकारको निर्णय गरेको छ ।

मुस्लिम सांसदहरुले रोजाको बेला एसइइ परीक्षा नगर्न मधेश प्रदेशसभामा पनि आवाज उठाएका थिए तर राष्ट्रिय परीक्षा बोर्डले यसप्रकारको माँगको औचित्य नरहेको प्रतिक्रिया दिएपछि ती माँग त्यतिकै सेलाएको थियो ।

Comment


Related News

Latest News

Trending News