२०८१ चैत्र १५, शुक्रबार ११:१६

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् ।

राजधानीसंग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरुले लाइन होटलहरुमा अखाद्य खाना खुवाउने गरेको गुनासोहरु आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राती लाईन होटलहरुको अनुगमन गरेका छन् ।

सो क्रममा धनुषाको मिथिला नगरपालिका १० लालगढस्थित दर्जनौ लाइन होटलहरुमा अनुगमन गर्दा अधिकांश होटल मापदण्ड विपरीत रहेको पाइएको मुख्यमन्त्री सिंहले जानकारी दिए । उनले खाना मात्र नभई पिउने पानी समेत पिउने लायक नरहेको बताए । आम नागरिक सरह होटलहरुमा पुग्नुभएका मुख्यमन्त्री सिंहले ती होटलहरुको भान्सामा व्यापक फोहरको साथै कुनै मापदण्ड पालना नगरेको पाइएको जानकारी दिए ।

मुख्यमन्त्री सिंहले खानाको गुणस्तरमा व्यापक सुधारको आवश्कता भएको भन्दै ती सम्पूर्ण होटलहरुलाई एक हप्ता भित्र सुधार गर्न निर्देशन दिए । एक हप्ता पछि पुनः अनुगमन गर्ने र फेरि कुनै कमि कमजोरी फेला परेमा सिधा बन्द गर्ने चेतावनीसमेत दिएका छन् ।

त्यसैगरी उनले बसका चालक र बसधनीहरुलाई कमिसनका लागि त्यस्ता होटलहरुमा बस नरोक्न समेत आग्रह गरे ।

Comment


Related News

Latest News

Trending News