२०८१ चैत्र १५, शुक्रबार १४:५८

सन् २०२५ को पहिलो सूर्यग्रहण भोलि लाग्ने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार यो खण्डग्रास सूर्यग्रहण हो । यो सूर्यग्रहण नेपालमा भने लाग्नेछैन ।

नेपाली समयअनुसार शनिबार (भोलि) दिउँसो २ बजेर ३५ मिनेटमा सुरु हुने खण्डग्रास सूर्यग्रहण साँझ ६ बजेर २८ मिनेटमा सकिनेछ ।

“यो खण्डग्रास सूर्यग्रहण हो । नेपालमा लाग्ने छैन । नेपालबाट देखिने पनि छैन,” नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने, “अहिले प्रविधिको समय भएकाले क्यामेराबाट खिचेर लाइभ गर्ने भएकाले नेपालबाट हेर्न सकिए पनि नेपाली भूभागबाट भने देखिने छैन ।”

भारतबाट पनि यो सूर्यग्रहण देखिने छैन । अध्यक्ष भट्टराईका अनुसार युरोप, नर्थ एसियामा रसियाका केही स्थान, नर्थ अफ्रिका, वेष्ट अफ्रिका र उत्तरी अमेरिकाका केही देशबाट भने देख्न सकिनेछ । क्यानडा र ग्रिनल्यान्डका केही स्थानबाट देख्न सकिनेछ ।

“नेपालमा नलाग्ने भएकाले सांस्कृतिक र धार्मिकरूपमा पनि यसको केही प्रभाव पर्ने छैन,” अध्यक्ष भट्टराईले भने, “नेपालबाट नदेखिने भएपछि सूर्यग्रहण लाग्दा गर्न हुने र नहुने केही कुरा गर्नु पनि पर्दैन ।”

Comment

Related News

Latest News

Trending News