
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विदेशीको षड्यन्त्रमा अहिले गणतन्त्रविरोधी गतिविधि भइरहेको दाबी गरेका छन् ।
समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले समान्ती तत्वहरुको षड्यन्त्र पूरा गर्न नदिने बताए ।
मोर्चाको संयोजकसमेत रहेका नेता विप्लवले भने, ‘हराइएका, जनताको बलद्वारा धुलो परिएका सामन्ती तत्वहरुका बचेकुचेका तत्वहरुले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेका छौं । हामी गणतन्त्रसम्म आएका छौं, तर जनताको सबै आकांक्षा पूरा भएको छैन, हामीले बुझेका छौं ।’
उनले नेपाली जनतालाई सामन्ती तत्वहरुको खाँचो नभएको बताए ।