२०८१ चैत्र १५, शुक्रबार १६:२१

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले जनताको र राजनीतिक दलहरूको उदारतालाई कमजोरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन्।

समाजवादी मोर्चाले भृकुटीमण्डपमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहासलाई फर्काउने दुस्साहस नगर्न चेतावनी दिएका हुन्।



‘नेपाली जनताको र नेपाली राजनीतिक दलको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरियोस्,’ उनले भने, ‘अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैनन्। खबरदार।’

Comment


Related News