२०८१ चैत्र १५, शुक्रबार १८:१०

काठमाडौँको बानेश्वर तीनकुने क्षेत्रमा कर्फ्यु जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थानीय प्रशासन ऐन, २०२८ काे दफा ६ क बमाेजिम गाैशालादेखि काेटेश्वरसम्म, काेटेश्वरदेखि जडिबुटी पुलसम्म, काेटेश्वरदेखि बालकुमारी पुलसम्म, बानेश्वर चाेकदेखि शंखमूल पुलसम्म र गाैशाला चाेकदेखि नयाँ बानेश्वर चाेकसम्मका क्षेत्रमा कुनै प्रकारकाे जुलुस, भेला, प्रदर्शन र बैठक गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले आज अपरान्ह् ४ः२५ देखि राति १० बजेसम्म बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिनुभयो ।

तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि सो क्षेत्रमा कर्फ्यु जारी गरिएको हो ।

प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैङ्कमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News