२०८१ चैत्र १६, शनिबार ०७:२५

जनकपुर विमानस्थलको पार्किंगस्थललाई लिएर विभिन्न गुनासाहरु आउँदै गर्दा केही महिना अघि मात्रै केही मिनेटसम्मका लागि पार्किंगस्थलमा सवारीसाधन पार्क गरे वापतको शुल्क नलिने निर्णय गरेको थियो । तर केही महिना पछि सो निर्णयलाई बेवास्ता गर्दै जनकपुर विमानस्थलले मनपर्दी असुली गर्न थालेको छ ।

जनकपुर विमानस्थलमा यात्रुहरूलाई ५ देखि १० मिनेटसम्मको पिक अप र ड्रप गर्नको लागि कुनै शुल्क नलाग्ने संयुक्त निर्णय कागजको खोस्टोमै सिमित भएको छ । जनकपुर विमानस्थलको पार्किंग स्थलमा दुई मिनेटका लागि पनि सवारी साधन राख्दा यात्रुहरूसंग ठेकेदारमार्फत अनिवार्य रूपमा मनपर्दी शुल्क सेवाग्राहीसंग असुली रहेका छन् ।

गत फागुन ७ गते बसेको सरोकारवालाहरूको संयुक्त बैठकमा गरिएको निर्णयको ठेकेदारले खुलमखुल्ला अवज्ञा गर्दै यात्रुहरूसँग जर्बजस्ती शुल्क असुल्ने गरेको पाइएको छ भने जनकपुर विमानस्थल प्रशासन भने गुपचुप देखिएको छ ।

शुक्रबार जनकपुर विमानस्थल पुगेका एक यात्रुले पार्किंग स्थलमा २ मिनेटको लागि आफ्नो स्कुटर पार्क गर्दा ठेकेदारका प्रतिनिधि कृष्णाले यात्रुहरुसंग जर्वजस्ती शुल्क असुलेका थिए । यस सम्बन्धमा विमानस्थल प्रमुख तेजबहादुर बुढ थापासँग बुझ्न जाँदा उनले पार्किंक शुल्क बारे सरोकारवालाहरूबीच रकम असुली नगर्ने बारे निर्णय नभएको जिकिर गरे ।

जनकपुर विमानस्थलले आफैले गरेको निर्णयलाई लत्याउँदै यात्रुहरुसंग रकम असुली गर्ने विमानस्थल प्रमुख तेजबहादुर बुढ थापाले बताए । विमानस्थलमा ५ देखि १० मिनटसम्मको पिक अप र ड्रपको लागि यात्रुहरूलाई कुनै शुल्क नलाग्ने निर्णय आफू मान्न बाध्य नभएको उनले जिकिर गरे ।

स्मरणीय कुरा यो छ की सो बैठकमा मुख्यमन्त्री सतीशकुमार सिंह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, धनुषा प्रहरीका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीलगायतका सरोकारवाला व्यक्तिहरूको संयुक्त छलफल र सहमतिमा जनकपुर विमानस्थलमा १० मिनटसम्मको सवारीसाधनले पिक अप र ड्रपको लागि यात्रुहरूलाई कुनै शुल्क नलाग्ने निर्णय गरिएको थियो । तर यात्रुहरूलाई सुलभ सेवा दिनुपर्ने जनकपुर विमानस्थलले ठेकेदारसंगको सेटिंगमा मनपरी रकम असुलीमा व्यस्त छन् ।

Comment


Related News

Latest News

Trending News