
कुनै पनि मधेशीले राप्रपाको यो आन्दोलनलाई समर्थन, सहयोग वा सहभागी हुनुभन्दा पहिले आफ्नो गर्विलो इतिहास पढौँ । बुझौँ र आत्मसात गरौँ । वर्तमानमा केही नेताहरूले सिद्धान्तसँग व्यापार गरेर पुर्खालाई बदनाम गरेको कुराको लहैलहैमा लागेर पश्चगमनकारीलाई समर्थन नगराँ ।
त्यसैले वि.स. २००८ सालदेखि हाम्रा महान पुर्खाहरूले हाकेको अनवरत आन्दोलनलाई सन्ततिहरूले आधा शताब्दी पश्चात प्राप्त गरेको सफलतामाथि कसैले प्रश्नवाचक चिन्ह खडा गर्न दुस्साहस गर्छ भने त्यसलाई मुहतोड जवाफ दिऔँ । किनभने त्यो कुनै पनि मधेशीको लागि कुनै पनि अवस्थामा सहनीय हुन सक्दैन ।
अढाई सय वर्षदेखि लादेको एकात्मक केन्द्रीकृत राजतन्त्रात्मक निरंकुश शासन प्रणालीले मुलुकमा सबैभन्दा अहित कुनै समुदायलाई ग¥यो भने त्यो तराइवासी मधेशी हो । तसर्थ यसबाट छुटकारा पाउन पुर्खाहरूले मधेशको मूल माग स्वायतता राख्यो, जो संघीयताको रूपमा अहिले प्राप्त भएको छ । यसलाई सरक्षण सम्वद्र्धन गर्नु हाम्रो कर्तव्य हो ।
पुर्खाको नासोलाई धरोहरको रूपमा गर्व गर्नु र त्यसलाई सुरक्षित बाटोतर्फ डो¥याउनु हाम्रो दायित्व हो । तर राप्रपा जो नेपालको इतिहासमा गोर्खा परिषद्का अर्को संस्करण हो, त्यसले हाम्रो संघीयतालाई बर्खास्तगीको मुद्दा बनाएका छन् । के त्यो मधेश र मधेशीको हितमा छन् ? यदि छैनन् भने राप्रपा हाम्रो दुश्मन हो भन्ने कुरा बुझ्नु पर्छ ।
त्यस्तै गणतन्त्रको मूल माग पनि सबैभन्दा पहिले मधेशको धर्तीबाट उठेका थिए, जसको प्रणेता महामना रामराजा प्रसाद सिंह हुनुहुन्थ्यो । त्यसैले संघीय लोकतान्त्रिक गणतन्त्र हाम्रो पुर्खाले गरेको संघर्षको देन हो । यसप्रति विश्वासघात गर्नेहरू मधेश र मधेशीको लागि कलंक हुन् । त्यसपछि उनले सामाजिक सञ्जालमा अर्को स्टेटस पोस्ट गर्दै लेखेका छन्, ‘के यही हो राजतन्त्र पुनस्र्थापनाको लागि गरिएको आन्दोलन ? के यसरी नै राजालाई फर्काउने हो ? यदि हो भने तरिका राम्रो भएन । पहिलो गासमा नै ढुंगा फसेको जस्तो लाग्यो ।
आखिर सरकारले शान्तिपूर्ण रूपले तीनकुनेमा सभा गर्ने अनुमति दिइसकेपछि निषेधित क्षेत्र तोड्न किन दुष्प्रयास गरियो भन्ने कुरालाई बुझ्ने हो भने यिनीहरू आजै राजालाई नारायणहिटी पु¥याउन खोजेका थिए जस्तो लाग्छ । वाह रे आन्दोलन्कारी !’