२०८१ चैत्र १६, शनिबार १४:३०

वीरगन्ज महानगरपालिका वडा नम्बर १६ स्थित इलाका प्रहरी कार्यालय नगवा अगाडि एक महिलाको शव फेला परेको छ । शनिवार बिहान फेला परेको मृतकको पहिचान वीरगन्ज वडा नम्बर ४, नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको रूपमा भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउको छेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जङ्गली जनावरको आक्रमण वा लडेर घाइते भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतकको शव परीक्षणका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान सुरु गरेको जनाएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार शनिवार बिहानै शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो ।

प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिएको र आसपासका क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको बताएको छ ।

Comment


Related News

Latest News

Trending News