२०८१ चैत्र १६, शनिबार १६:०२

म्यान्मारमा शुक्रबार गएको भूकम्पमा परेर अहिलेसम्म १७ जना नेपालीभाषीको निधन भएको छ। तीमध्ये अहिलेसम्म ९ जना नेपालीको शव भेटिएको छ।

बर्मेली नेपाली साहित्यकार लक्ष्मण न्यौपानेका अनुसार अरु नेपालीभाषीको शव खोजी भइरहेको छ।

‘सबैभन्दा धेरै क्षति मान्डेलेमा भएको देखिन्छ। निधन भएका नेपालीभाषीहरू पनि उतैतिरका हुनुहुन्छ’ उनले भने ‘नौजना नेपालीको शव फेला देवी सिंखडाका छोरा खतिवडा, दाहाललगायतका परिवारका सदस्यहरूको निधन भएको छ।’

शुक्रबार त्यहाँ ७.९ रेक्टरस्केलको भूकम्प गएको थियो। त्यो भूकम्पले थाइल्याण्डमा पनि थुप्रै जनधनको क्षति गराएको छ।

म्यान्मारमा अहिलेसम्म १ हजारभन्दा धेरैको शव भेटिइसकेको छ। सञ्चारमाध्यमहरूका अनुसार त्यहाँ अहिले पनि खोजी, उद्धार र राहतको काम भइरहेको छ। दशौँ हजार मानिस मारिएको हुनसक्ने उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले जनाएका छन्।

Comment

Related News

Latest News

Trending News