२०८१ चैत्र १७, आईतवार ०७:३२

सिनियर अहेब तथा अनमी संघर्ष समितिले स्तरवृद्धिको माग गर्दै मधेश प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना दिने निर्णय गरेको छ ।

संघर्ष समितिको बैठक बसेर आफ्नो माग सम्बोधन गराउनका लागि दबाब दिने उद्देश्यले मुख्यमन्त्री कार्यालय अगाडि चैत २५ गतेदेखि शान्तिपूर्ण धर्ना दिने निर्णय गरेको छ ।

सो बैठकले इस्लाम धर्मावलम्बीहरुको रमजान पर्व तथा हिन्दू धर्मावलम्बीहरूको चैते दशैँ तथा रामनवमी पर्वलाई ध्यानमा राखेर पूर्व निर्धारित धर्ना दिने कार्यक्रमलाई केही समयका लागि स्थगित गरिएको संघर्ष समितिका संयोजक मोहन साहले जानकारी दिए ।

संघर्ष समितिले आफूहरुको माग सम्बोधन नगरिए थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । मधेश प्रदेशमा कार्यरत सिनियर अहेब र अनमीहरु स्थानीय सेवा ऐनमा रहेको त्रुटिका कारण आफूहरुको स्तरवृद्धि रोकिएको भन्दै आन्दोलित छन् ।

स्थानीय सेवा ऐन २०८१ मा राखिएको प्रावधानका कारण आफूहरुको स्तरवृद्धि रोकिएको उनीहरुले लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News