
जनकपुरधामको कपिलेश्वर टोल बस्दै आएका २७ वर्षिय पुजा साह विगत तीन हप्ता देखि दुइ बच्चा सहित बेपता भएकी छन् ।
फागुन २३ गतेदेखि (फुलकुमारी) पुजा साह आफन्त र साथीहरूसँग सम्पर्क विहीन भएको बताइएको छ । उनका श्रीमान संजय साहले जानकारी दिए अनुसार, पुजा साह आफ्नो दुई छोरी वर्षा साह (७ वर्ष) र अंशु साह (३ महिना) सँगै हराएकी हुन् ।
भारत विहार मधुवनी जिल्ला बासोपर्टी अर्घावा निवासी साह विगत १० वर्ष देखि जनकपुरधाममा लेबरको काम गर्दै आफनी श्रीमती पुजा संग बस्दै आएका थिए ।
श्रीमती हराएको र खोजीका लागि स्थानिय प्रहरी चौकीमा निवेदन समेत दिएका साहले फेला पारेको खण्डमा मोवाईल नं ९८१७८६५६६१ सम्पर्क गर्न वा नजिकको प्रहरी चौकीमा खवर गरिदिन सबैसंग आग्रह समेत गरेका छन् ।