२०८१ चैत्र १७, आईतवार ०७:४७

बारामा लागूऔषध अफिमसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

राजस्व अनुसन्धान इकाई कार्यालय पथलैयाका सशस्त्र प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–१ बाट शुक्रबार सवा ८ किलो अफिमसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ । बागमती प्रदेश ०२९ च ५४१४ नम्बरको कारलाई रोकी जाँच गर्दा लुकाइछिपाइ भारततर्फ लगिँदै गरिको सो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए ।

उनले जनाए अनुसार मकवानपुर, हेटौंडा उपमहानगपालिकाका १२ का ४४ वर्षीय मिलन भोलान र ४७ वर्षीय गोपालप्रसाद गौतम पक्राउ परेका छन् ।

Comment

Related News

Latest News

Trending News