२०८१ चैत्र १७, आईतवार ०८:०३

पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको सेट नै परिवर्तन गरिएको छ । सरकारले शाहको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या पनि घटाएको छ ।

डीएसपी जगदिश हमालको कमाण्डमा रहेको सेटलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको गृहमन्त्रालय स्रोतले बतायाे । स्रोतका अनुसार शाहको सुरक्षामा प्रमोद प्रकाश पाठक नेतृत्वमा १६ जनाको नयाँ टोली खटाइएको छ ।

भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना सुरक्षाकर्मीकाे टोली उनको सुरक्षामा खटाइएको हो ।

यसअघि शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले तीनकुनेमा भएको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष निकालेको थियो ।

Comment


Related News

Latest News

Trending News