
सुनको भाउले आज कीर्तिमान बनाएको छ ।
सुनको भाउ बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको हो । अस्ति शुक्रबार सुनको भाउ तोलाको एक लाख ७६ हजार दुई सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको दुई हजार ४० रुपैयाँ थियो ।