२०८१ चैत्र १७, आईतवार १६:५७

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबारबाट आफ्नो जिम्मेवारीमा फर्किने भएका छन् । भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन् ।

सभापतिबाट निलम्बन गरेर कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याल अहिले कार्यवाहक सभापतिमा छन् ।

लामिछानेको मुद्दा अहिले पनि अदालतमा विचाराधिन र सांसद पद निलम्बनमा छ। तर भोलिबाट हुने पार्टीको जिम्मेवारीमा फर्किने निर्णय भएको पार्टी प्रवक्ता मनिषा झाको भनाइ छ ।

झाका अनुसार भोलि बस्ने केन्द्रीय समितिको बैठकमा पहिलो अध्यक्षता पार्टी कार्यभार सभापति अर्यालले गर्ने र धन्यवाद ज्ञापन गरेपछि दोस्रो बैठकमा लामिछानेले सभापतित्व गर्नेछन् । रास्वपा सह प्रवक्ता प्रतिभा रावलले भनिन्, ‘भोलिबाट सभापति नियमित काममा फर्कनु हुन्छ । यो हामी सबैले सल्लाह गरेर लिएको निर्णय हो ।

Comment


Related News

Latest News

Trending News