२०८१ चैत्र १८, सोमबार ०७:०८

हुलाक सेवा विभागले द्रुत डाँक सेवाको विषयमा जनकपुरधाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

नीजि क्षेत्रबाट सञ्चालित रहेको कुरियर सेवा भन्दा सस्तो तथा भरपर्दो सेवा दिने काम भएकाले हुलाक सेवाको द्रुत डाँक सेवा लिनेको संख्यामा निरन्तर रुपमा वृद्धि भइरहेको हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्यले जानकारी दिए । ४ वर्षको अवधिमा नेपालबाट विदेशका लागि द्रुत डाँक सेवा लिनेको सङ्ख्या ५ सय हरेकोमा अहिले बढेर ४ हजार ३ सय पुगेको जनाइएको छ ।

विदेशबाट नेपालका लागि द्रुत डाँक सेवा लिनेको संख्या ५ हजार रहेकोमा अहिले बढेर ३३ हजार पुगेको हुलाक सेवा विभागले जनाएको छ । द्रुत डाँक सेवा मार्फत अधिकतम २० किलोग्रामको सामानहरू किलोग्रामको आधारमा तोकिएका शुल्क बुझाएर पठाउन सकिने व्यवस्था गरिएको छ ।

Comment

Related News

Latest News

Trending News