
भ्रष्टाचार र अनियमितताको अखाडा बन्दै गएको वीरगञ्ज महानगरपालिकामा पुन अर्को घोटाला भएको खुलासा भएको छ ।
महानगरपालिकाको फोहरमैला व्यवस्थापन तथा सरसफाई महाशाखामा तेल घोटाला भएको आरोप लागेको छ । माहानगरपालिकाले चलाएको लामखुट्टे मार्ने अभियानमा माहाशाखा प्रमुख सरफुदिन मियाले तेल घोटाला गरेको आरोप लागेको हो । केहि हप्ता अगाडि वीरगञ्ज महानगरपालिकाले मेयर राजेश मानसिहंबाट लामखुट्टे मार्न औषधि छर्ने अभियानको उद्घाटन गरेको थियो ।
जसअनुसार महानगरपालिकाको ३२ वटा वडाका लागि लामखुट्टे मार्न औषधि छर्ने जिम्मेवारी सरसफाई प्रमुख सरफुदिन मियालाई दिइएको थियो । महानगरपालिकाले मगाएको नयाँ गाडि तथा विभिन्न व्यक्तिहरुद्वारा लामखुट्टे मार्न औषधि छर्ने अभियानको जिम्मेवारी मियाले पाएका थिए । सोहि अभियानमा अन्तर्गत लाग्ने मट्टितेल भण्डारण गरेको स्टोरबाट तेल चोरी गर्न खोजिए आरोपमा सरसफाई अधिकृत सरफुदिन मिया माथि लागेको छ ।
वीरगन्ज महानगरपालिकाले मियालाई तेल चोरी गर्ने बिषयमा शुक्रबार स्पष्टिकरण सोधीएको एक अधिकृतले बताए । ‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार कर्णले मियालाई तेल घोटालामा तपाईलाई कारबाही किन नगरिने ? भन्दै शुक्रबार स्पष्टीकरण सोध्नु भएको हो’ उनले भने,‘मियाले बुझेका छन कि छैनन थाहा भएन ।’
लामखुट्टे मार्ने अभियानको लागि दुई सय लिटर तेल पहिला नै उपलब्ध गराइएको थियो । तर सो तेल सकिएको भन्दै अधिकृत मिया पुनः कुपन माग गरेपछि प्रमुख प्रशासकीय अधिकृत कर्ण अबेर राति ८ बजेतर्फ सरसफाई महाशाखाको स्टोरमा छड्के निरीक्षण गरेपछि ८० लिटर मट्टितेल फेला परेको बताइन्छ । निरीक्षण अघि मियाले प्रमुख प्रशासकीय अधिकृत सहितको टोलिलाइृ सबै तेल सकेर ग्यालेन खाली छ भनेर जानकारी गराएका थिए ।स्टोरमा तेल पाइए पछि स्टोरमा भएको तेल उनले व्यक्तिगत रुपमा घोटाला वा चोरी गर्नखोजेको आरोप लागेको छ ।
तेल भेटेपछि स्टोरमा अर्को ताल्चा लगाउदै तपाईलाई तेल हिनामिना तथा चोरी गरेको अरोपमा कार्यवाहि किन नगर्ने भनेर स्पष्टिकरण सोधिएको महानगरपालिकाले जनाएको छ । यसबारेमा सरफाई अधिकृत सरफुदिन मियासंग सोध्दा आफुले कुनै तेल घोटाला नगरेको बताउदै प्रमुख प्रशासकीय अधिकृतबाट सोधिएको स्पष्टिकरणबारे आफुलाई कुनै जानकारी नभएको बताए ।
उनले लामखुट्टे मार्ने औषधी छर्न केमिकलमा मिसाउन र गाडी सञ्चालन गर्न तेल आवश्यक पर्ने भएकाले माग गरेको बताए । वीरगन्ज महानगरपालिकामा यसअघि पनि पटक पटक तेलघोटाला हुने गरेको आरोप लाग्ने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरमा अनुशासन कायम राख्न अनियमिततामा संलग्न कसैलाई नछाड्ने बताउदैँ आएका छन् ।