२०८१ चैत्र १८, सोमबार ११:४५

गोकर्णेश्वर नगरपालिका-८ माकलबारीमा गाडिएको अवस्थामा मृत भेटिएका एक किशोरको हत्यामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाही चक्रघट्टा गाउँपालिका-८ घर भई गोकर्णेश्वर बाहुनधारा बस्दै आएका १९ वर्षीय राहुल चैत ११ देखि हराएको भन्दै बौद्ध प्रहरीमा उजुरी परेको थियो ।

प्रहरीले शुक्रबार माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडि गाडिएको अवस्थामा राहुलको शव फेला पारेको थियो ।

उनको हत्यामा संलग्न आरोपमा पक्राउ परेकाहरूमा सर्लाही चक्रघट्टा घर भई गोकर्णेश्वर बस्ने २२ वर्षीय निपु मण्डल, गोकर्णेश्वरमै बस्दै आएकाहरू १८ वर्षीय विजय यादव, १८ वर्षकै करनकुमार महतो, ४५ वर्षीय उत्तम मण्डल, सर्लाहीका २३ वर्षीय जोधन मण्डल छन् । भारत बिहार घर भई दक्षिणढोका बस्दै आएका २९ वर्षीय सुनिल शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

लेनदेनको विषयलाई लिएर राहुलको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News